मेनु

याहुमाथि अर्को संकट, लाखौँ प्रयोगकर्ताको इमेल छानविन गरेको खुलासा

Null

इन्टरनेट जाएन्ट याहुले अमेरिकी सरकारका लागि लाखौँ याहु प्रयोगकर्ताका इमेल अकाउन्टको छानविन गरेको खुलासा भएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार अघिल्लो वर्ष अमेरिकी सरकारको एक गोप्य अनुरोधका आधारमा याहुले एक विशेष सफ्टवेयर बनाएको थियो ।

बीबीसीसँगको कुराकानीमा याहुका अधिकारीले यस्तो छानविनको पुष्टि गर्दै याहू एक कानून पालना गर्ने कम्पनी भएको र अमेरिकाको कानून उसले मान्नुपर्ने बताए ।

प्रयोगकर्ताको गोपनियताको उल्लंघन गर्दै लाखौँ इमेल अकाउन्ट स्क्यान गरेको यो गम्भीर आरोप याहुलाई यस्तो अप्ठेरो समयमा लागेको छ जब दुइ हप्ता अघि मात्र याहुले लाखौँ याहु प्रयोगकर्ताका डाटा ह्याकरहरुले चोरेको दाबी गरेको थियो ।

याहु कम्पनी अहिले भर्जन कम्युनिकेसन कम्पनीलाई ४.६ अर्ब डलरमा बेचिने प्रक्रियामा रहेको छ । याहुले लाखौँ प्रयोगकर्ताको इमेल अकाउन्टको छानविन गरेको खबरका विषयमा भर्जन कम्पनीले कुनै प्रतिक्रिया जनाएको छैन ।

रोयटर्सका अनुार इमेल स्क्यान गर्नका लागि याहुलाई कि त अमेरिकाको राष्ट्रिय सुरक्षा एजेन्सी, कि त एफबिआइले भनेको थियो । रोयटर्सले विभिन्न ३ थरी सूत्रको हवाला दिँदै यस्तो सनसनीपूर्ण खबर प्रकाशित गरेको छ । जसमध्ये दुई याहुकै पूर्व कर्मचारी रहेको बताइएको छ ।

रोयटर्सका अनुसार याहुमेल प्रयोगकर्ताको अकाउन्टमा आउने सबै इमेलका अक्षरहरुलाई कडा स्क्यान गरिन्थ्यो । यद्यपि त्यसरी स्क्यान गरेपश्चात् प्राप्त कस्तो कस्तो जानकारी अमेरिकी सरकारलाई याहुले दिने गरेको थियो भन्ने चाहीँ खुलेको छैन ।

अमेरिकी सरकारले अन्य इन्टरनेट कम्पनीहरुसँग पनि यस्तो जानकारी माग गरे नगरेको भन्ने बारेमा चाहीँ केहीपनि बताइएको छैन ।

ऋमेरिकाको कानूनमा देशको जासूसी एजेन्सीलाई सम्भावित आतंकवादी हमला रोक्नका लागि इन्टरनेट प्रयोगकर्ताका डाटा सार्वजनिक गर्ने आदेश दिनपाउने अधिकार छ ।

यद्यपि इन्टरनेट कम्पनीहरुले विदेशी जासूसी निगरानी अदालतमा गोप्य तरिकाले यस्तो आदेशलाई चुनौति दिन सक्दछन् । तर याहुले भने अमेरिकी सरकारको यस्तो आदेशलाई अदालतमा चुनौति दिएन ।

हारको कारणले गर्दा उसले सरकारी आदेशलाई अदालतमा चुनौति नदिने निर्णय गर्दै सरकारले भने अनुसार इमेल प्रयोगकर्ताका अकाउन्ट निगरानी गरेको हो । यद्यपि याहुको यस्तो निर्णयबाट उसका कैयन् कर्मचारी उतिबेलै निरास बनेका थिए ।

ऋमेरिकामा हुने साइबर जासूसी सम्बन्धी भयानक खुलासा गर्ने एडबर्ड स्नोडेनले एक टि्वट गर्दै सबै याहु प्रयोगकर्तालाई आफ्नो याहु अकाउन्ट बन्द गर्न अपिल गरेका छन् । याहुले आफ्ना इमेल प्रयोगकर्ताका हरेक इमेलको जासूसी तरिकाले निगारनी गर्ने गरेको उनको दाबी छ ।

Null

SIDHAREKHA ONLINE