मेनु

प्रसिद्ध उग्रतारा मन्दिर परिसर नजिकैको जंगलमा आगलागि

सुदुर खबर, डडेल्धुरा, माघ ७ । प्रसिद्ध शक्तिपिठ उग्रतारा मन्दिरसँगै जोडिएको जंगलमा आगलागि भएको छ । आज दिउँसो मन्दिर परिसरसँगै जोडिएको वन क्षेत्रमा आगलागि भएको हो ।

आगलागि भएको तुरुन्तै थाहा पाएपछि नेपाल प्रहरी, सषस्त्र प्रहरी, स्थानियबासी मिलेर आगो नियन्त्रणमा लिन सफल भएका छन् ।

आगलागि भएको ठाउँमा मन्दिर परिसर तर्फ भर्खरै निर्माण गरिएको चौर भएका कारण आगलागि मन्दिर परिसरमा प्रवेश गर्ने सम्भावना भने नरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

मन्दिर नजिकै रहेको जंगलमा गोठालाहरुले आगो लगाई दिएको हुन सक्ने अनुमान गरिएको कार्यालयले जनाएको छ ।