लाखौ कमाउने जागिर खुवाउने अनि क्यानडा पठाईदिन्छु भन्दै करोडौ हातलाएको लाई पक्राउ !

प्रकाशित मिति : २ बैशाख २०७५, आईतवार १८:१५

काठमाडौं, २ वैशाख– क्यानडा लैजाने भन्दै एक करोड भन्दा बढी ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर १०, ढुंगानाचोक बस्ने मनोज खत्रीले क्यानाडा लैजाने भन्दै दुई जनासँग एक करोड तेह्र लाख रुपैयाँ ठगी गरेका थिए ।

भक्तपुर नगरपालिका, सूर्यविनायक वडा नम्बर ९ मा बस्ने सुनिता बिष्टबाट ४२ लाख र ललितपुर महानगरपालिका वडा नम्बर १३ मा बस्ने एलिना बस्नेतबाट ७१ लाख लिएर खत्री फरार भएका थिए ।

पीडितहरुले प्रहरीलाई दिएको जाहेरीको आधारमा मनोज खत्रीलाई गत चैत ८ गते जिल्ला प्रहरी कार्यालय भरतपुरले पक्राउ गरेको थियो । त्यसलगत्तै प्रहरीले अनुसन्धानका लागि खत्रीलाई वैदेशिक रोजगार विभाग पठाएको थियो ।

गैरकानूनी रुपमा क्यानडा पठाउने भन्दै विष्ट र बस्नेतसँग मोटो रकम लिएर सम्पर्कमा नआएपछि प्रहरी परीचालन गरेर खत्रीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

वैदेशिक रोजगार विभागकी अनुसन्धान अधिकृत ईन्दु घिमिरेले दिएको जानकारी अनुसार आरोपी मनोज खत्रीले विष्ट बस्नेतबाट १ करोड भन्दा धेरै रकम लिएको प्रारम्भिक वयानमा स्वीकार गरेका छन् ।

क्यानडा पठाउँछु भनेर रकम लिइएको भएपनि खत्रीले अन्य कुनै कारोबारका लागि रकम लिएर फिर्ता नगरेको हुनसक्ने अनुमान अनुसन्धान अधिकृत घिमिरेको छ ।

थप अनुसन्धानको लागि मनोज खत्रीलाई थुनामा राखिएको छ । आवश्यक कागजपत्र तयार गरिएपछि उनलाई अदालतमा पेश गर्ने प्रहरी तयारी छ ।

ठगीको आरोप प्रमाणित भएमा ठगी गर्ने व्यक्तिलाई बिगोसहित तीनदेखि सात वर्षसम्मको कैद या तीनदेखि पाँच लाखसम्मको जरिवाना या दुबै हुन सक्ने अनुसन्धान अधिकृत घिमिरेले जानकारी दिइन् ।

ठगीको रकम ठूलो भएको र त्यसमा एकजनाको मात्र हात हुन सक्ने सम्भावना कम देखिएको छ । त्यसमा को-को संलग्न छन् भन्ने कुरा अनुसन्धान पुरा भएपछि मात्र बताउन सकिने घिमिरेले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*