पंजाबका कप्तानको यस्तो हर्कताक कारण श्रीमतिले अनुहारै लुकाइन

प्रकाशित मिति : ३ बैशाख २०७५, सोमबार १०:३६

एजेन्सी। आइपिएलमा किंग्स इलेभेन पंजाब र चेन्नइ सुपरकिंग्सबीचको खेलमा पंजाबको इनिङका क्रममा एकपटक यस्तो दृश्य देखियो जसका कारण पंजाबका कप्तान रविचन्द्रन अश्विनकी पत्नी प्रिती नारायणले अनुहार नै लुकाइन् । यो खेलमा अश्विनले ११ बलमा १४ रनको इनिङ खेले ।

यो घटना १८.५ ओभरमा भएको थियो जब शार्दुल ठाकुरको बलमा अश्विनले पुल गर्ने कोसिस गरे । तर बल ब्याटको छेउमा लागेर निकै माथि गयो । अश्विनको सटपछि धोनी आफ्नो बायाँतर्फ दौडे र उनले सजिलो क्याच लिएर पंजाबका कप्तानको इनिङ समाप्त पारे । खेलमा अश्विनलाई हौसला दिन उनकी पत्नी प्रिती नारायण पनि मैदानमै थिइन् ।

जब अश्विन आउट भए क्यामेराम्यानले उनकी पत्नी प्रितीलाई फोकस गरे । अश्विन आउट हुनासाथ स्टेडियमको ठूलो स्क्रिनमा आफूलाई देखाइएपछि प्रितीले लजाएर आफ्नो हातले अनुहार छोपिन् । आउट हुनुभन्दा एक बल अगाडि अश्विनले छक्का प्रहार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*