काठमाण्डौलाई टार्गेट बनाउदै डमरुको डन्डिबियो काठमाण्डौमा

प्रकाशित मिति : ३ बैशाख २०७५, सोमबार १५:००

चलचित्रको राम्रो ब्यापरले नै चलचित्रकर्मिलाई राम्रो काम अझै गर्न हौसला मिल्छ । त्यसकालागी अहिले राम्रा बजेटका चलचित्रहरु मोफसल र उपत्यकामा खुबै प्रचार प्रसारमा जुटिरहेका छन् । चलचित्रको प्रदर्शन मिती नजिकिदै गर्दा चलचित्रहरु आ आफ्नो तरिकाले प्रचार प्रसारमा अचेल खुबै मिहिनत गर्नमा ब्यस्त देखिन्छन् ।

यस्तैमा चलचित्र ‘डमरुको डन्डीबियो’ टिम मोफसल टुरबाट राजधानी फर्किएको छ । पोखरा, बुटवल, नारायणढ र धरानको झण्डै एक हप्ताको यात्रापछि यस चलचित्र युनिट यसै साता राजधानी फर्किएको हो । अव भने यस चलचित्र टिम प्रचार प्रसारका लागि राजधानी आसपासका क्षेत्रमा केन्द्रित रहने निर्माण पक्षले जनाएको छ ।

यही बैशाख २१ गतेदेखि प्रदर्शनमा आउने तरखरमा रहेको चलचित्र ‘डमरुको डन्डीबियो’ को शिर्ष गीत र प्रोमो सार्वजनिक गरिएको छ । यतिबेला प्रोमोले प्रशंसा पाइरहेको छ ।

राष्ट्रिय खेलबाट समेत हटाइएको डन्डीबियो खेललाई चलचित्रमा उठाइएको विषयले दर्शकको ध्यान तानिरहेको छ । समृद्दी ईन्टरटेनमेन्टको प्रस्तुती रहेको चलचित्रलाई छेतेन गुरुङले निर्देशन गरेका हुन् । चलचित्रमा खगेन्द्रसँगै अभिनेता अनुप बराल, अभिनेत्री मेनुका प्रधान, कलाकारहरु बुद्धि तामाङ, अंकित खड्का, आशान्त शर्मा, लक्ष्मी वर्देवा, मिश्री थापा लगायतको अभिनय छ ।

चलचित्रलाई विनोद गुरुङ र नोर्वु छिरिङ घलेले संयुक्त रुपमा निर्माण गरेका हुन् । ‘पशुपति प्रसाद’ अभिनेता खगेन्द्रको चलचित्र ‘डमरुको डन्डीबियो’ बैशाख २१ गते नेपालसँगै अष्ट्रेलियामा पनि रिलिज हुने तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*