मोटरसाइकलको ठक्करबाट प्रदेशसभा सदस्य तारा लामा तामाङ घाइते

प्रकाशित मिति : ३ बैशाख २०७५, सोमबार १८:१२

कैलाली, बैशाख ३ । प्रदेश ७ का प्रदेशसभा सासंद तारा लामा तामाङ मोटरसाइकलको ठक्करबाट घाइते भएका छन् । घाइते लामाको बाँया खुट्टा भाँचिएको बताइएको छ ।

कैलालीमा लामालाई से ४ प ५०९१ नम्बरको मोटरसाइकलले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । तामाङको कैलालीस्थित सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । थप उपचारका लागि काठमाडाैं ल्याउने तयारी गरिएको छ ।

  •  बाह्रखरी
प्रतिक्रिया दिनुहोस्

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*