‘ म बोलेको सुने सुन्, नसुने बाहिर जाउ, : गर्जिए निधिको पोखरामा

प्रकाशित मिति : ३ बैशाख २०७५, सोमबार १९:४३

पोखरा । काँग्रस नेता बिमलेन्द्र निधिले कास्की काँग्रसद्धारा आयोजित कार्यक्रमा नेता कार्यक्रर्तालाई धम्काएका छन्।
कास्की काँग्रसद्धारा आयोजना गरिएको नेता कार्यक्रता भेटघाट कार्यक्रमा प्रमुख अतिथिकारुपमा आमन्त्रण गरिएका नेता निधिले काम बिशेषले हतार भएको भन्दै सुरुमै प्रमुख अतिथिको भाषण गर्न पोड्यिुममा पुगेपछि नेता कार्यकताले अन्तिम सम्म बसेर कार्यकर्ताको गुनाशो सुनिदिन गरेको आग्रहपछि निधि आक्रामक बनेका थिए।
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुवर लगायत कार्यकर्ताले बिचमा उठर निर्वाचनमा काँग्रसले लज्जास्पद पराजय ब्यहोरेपछि तल्लो स्तरको नेता कार्यक्रर्तामा नैराश्यता उत्पन्न भएकाले उनीहरुको गुनाशो सुनिदिन केन्द्रय नेता निधिलाई अग्रह गरेपछि नेता निधि आक्रामक बनेका हुन् ।
नेता निधि आफ्नो कुरा सुरु गर्दै गर्दा जिल्लाका कांग्रेस नेता एवं अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले पहिले कार्यकर्ताको गुनासो सुनिदिन आग्रह गर्दै केहि कुरा राख्न खोजेपछि नेता निधिले म हतारमा छु अहिले केहि सुन्ने फुर्सद छैन भन्दै जवाफ फर्काएका थिए। त्यसपछि कुँवरले नेतृत्वमा बसेपछि नेताले त्यसो भन्न नमिल्ने भने पछि नेता निधिले आफु बसीरहेको कुर्सीबाट अघि सर्दै मैले बोेलेको सुने सुन् नसुने बाहिर जा, भन्दै कुँवरमाथी जाईलागेका थिए।
नेता निधिको आक्रामक शैलीपछि कार्यक्रमका सहभागि केही नेता कार्यकर्ता होहल्ला गर्दै बाहिर निस्कीएका थिए भने केही कार्यक्रम स्थलमै थिए। देउवा पक्ष भनेर चिनीएका नेता कार्यकर्ता कार्यक्रम स्थलमै मौन बसेका थिए भने पौडेल पक्षका कार्यकर्ताहरु आक्रोशित हुदै कार्यक्रमलाई बहिष्कार गरे । कार्यक्रम बहिष्कार पछि उनीहरुले शीर्ष स्तरको नेताबाट भएको गल्ती क्षम्य नहुने बताए ।‘पार्टीको पूर्व उप शभापति तथा शिर्ष नेता नै आफ्ना कार्यकर्तामाथी जाईलाग्छन् भने उनलाई हामीले नेता मानेर किन कार्यक्रममा बस्ने?’–कांग्रेस कार्यकर्ता धनेश्वर न्यौपानेले भने। ‘कार्यकर्ताको भावना सुन्न सक्ने क्षमता नराखेकै कारण पार्टीको यो स्थिती भएको हो।’
करीब आधा घण्टासम्म भएको हो हल्ला पछि पुन सुरु भएको कार्यक्रममा कांग्रेस नेता अर्जुन जोशीले घटना दुखद भएको बताए ।‘प्रदेशको राजधानी कास्कीलाई वरपरका जिल्लाका नेता कार्यक्रर्ताले राजनैतिक संस्कारको पाठशाला मान्दै आएका छन् तर, यो नहुनुपर्ने घटना भयो, ए्कदम दुख लागेको छ’उनले भने।
जिल्लाका पदाधीकारी तह बाहेक देउवा पक्षीय कार्यकर्तामात्रै बसेको कार्यक्रममा दोश्रो पटक बोल्ने क्रममा भने नेता निधिले आफ्नो गल्ती स्वीकारेका छन् । ‘म पारीवारीक भ्रमणका लागि पोखरा आएको हुँ तीन बजे फ्लाईट छ तसर्थ दोहोरो कुरा भन्दा आफ्ना कुरा राख्ने मनशाय राखेको हुँ तर, के भयो के आवेगमा आएर गालि गर्न पुगेछु।’–निधीले भने । ‘वर्षको पहिलो कार्यक्रममै विवाद हुन गयो,मालाई आत्म ग्लानी महशुस भएको छ।’

प्रतिक्रिया दिनुहोस्

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*