प्रदेश ७ को नीति तथा कार्यक्रम प्रदेशसभाबाट पारित

प्रकाशित मिति : ३ बैशाख २०७५, सोमबार १९:५९

कैलाली, बैशाख ३ । प्रदेश नम्बर ७ सरकारले प्रस्तुत् गरेको नीति तथा कार्यक्रम सुझावसहित पारित भएको छ । प्रदेश सरकारले चैत २८ गते प्रदेशसभा बैठकमा प्रस्तुत् गरेको नीति तथा कार्यक्रम सोमबारको प्रदेशसभा बैठकले पारित गरेको हो ।

नीति तथा कार्यक्रममाथिको छलफलकाक्रममा प्रदेशसभा सदस्यले राखेका प्रश्नको मुख्यमन्त्री त्रिलोचन भट्टले सोमबारको बैठकमा जवाफ दिएका थिए ।

उनले सरकार र प्रतिपक्ष सबै मिलेर संघीयताको जग बलियो बनाउनुपर्नेमा जोड दिए । मुख्यमन्त्री भट्टले विगतदेखिका समस्या समाधानमा सरकार जुटेको भन्दै विकासको लक्ष्य प्राप्तीमा सबैले हातेमालो गरेर अगाढि बढ्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*