अखिल क्रान्तिकारीले शिक्षालाई बुझायो १३ बुँदे मागपत्र

प्रकाशित मिति : ३ बैशाख २०७५, सोमबार २०:०३

डडेल्धुरा, बैशाख ३ । ‘विप्लव’ माओवादी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले जिल्ला शिक्षा विकास समन्वय एकाई समिति डडेल्धुरामा १३ बँदे मागपत्र बुझाएको छ ।

सोमबार केन्द्रीय कार्यक्रम अनुसार क्रान्तिकारीले शैक्षिक गुणस्तर सुधारका लागि १३ बुँदे मागसहित १० दिने अल्टिमेटमसहित जिल्ला शिक्षा विकास समन्वय एकाई समितिलाई माग पत्र बुझाएको हो ।

क्रान्तिकारीले निजी तथा संस्थागत विद्यालयले वृद्धि गरेको शुल्क तत्काल खाजेर गर्नुपर्ने, नेपालको संविधानमा व्यवस्था भए वमोजीम आधारभूत शिक्षा अनिर्वाय र निःशुल्क तथा माध्यामिक शिक्षा निःशुल्क गर्नुपर्ने माग राखेको छ ।

सार्वजनिक यातायातमा विद्यार्थीहरुलाई ४५ प्रतिशत सहुलियत दिने पूर्व सहमतिको कडाइपूर्वक लागू गर्नुपर्ने, सरकारी कर्मचारीका छोराछोरी सरकारी विद्यालयमै पढाउनुपर्ने अनिवार्य व्यवस्था गर्नुपर्नेलगायतका मागहरु माग पत्रमा समेटिएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)का अध्यक्ष शंकर खातीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*