अमरगढी नगरपालिका : शैक्षिक गुणस्तर सुधारको आधार वर्षको सुभारम्भ

प्रकाशित मिति : ३ बैशाख २०७५, सोमबार २०:०७

डडेल्धुरा, बैशाख ३ । डडेल्धुराको अमरगगढी नगरपालिकामा ‘शैक्षिक गुणस्तर सुधारको आधार वर्ष २०७५’ को सुभारम्भ भएको छ । सोमबार एक कार्यक्रमकाबीच अमरगढी नगरपालिकाका प्रमुख विशेश्वरप्रसाद ओझाले ‘शैक्षिक गुणस्तर सुधारको आधार वर्ष २०७५’ को सुभारम्भ भएको घोषण गरेका हुन् ।

अमरगढी नगरपालिकाभित्रको शिक्षाको गुणस्तरलाई सुधार गर्ने उदेश्यले शैक्षिक सुधारको आधार वर्षको सुभारम्भ गरिएको नगरप्रमुख ओझाले बताएका छन् ।

नगरपालिकाभित्रको शैक्षिक गुणस्तर कसरी सुधार गर्न सकिन्छ यसमा सबै जिम्मेवार बन्नु पर्ने उनको भनाइ छ । उनले यस अभियानलाई सफल बनाउनको लागि सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नु पर्ने पनि बताएका छन् । यो वर्षलाई शैक्षिक गुणस्तरको आधार वर्षका रुपमा मनाउने निर्णयअनुसार नै शैक्षिक गुणस्तर सुधारको आधार वर्षको सुभारम्भ गरिएको उनको भनाइ छ ।

समाज परिर्वतनका लागि शिक्षक र जनप्रनिनिधिहरुको भूमिका महत्वपूर्ण रहेको उनले बताएका छन् । शिक्षकले कही–कतै जानअन्जानमा कमजोरी गरे भने सिंगो शिक्षक जगत नै अपमानित हुनु पर्ने अवस्था रहेको उल्लेख गर्दै उनले त्यसैले शिक्षकहरुले अनुशासित र मर्यादित भएर अगाडि बढ्नु पर्ने बताएका छन् ।

अमरगढी नगरपालिकाभित्रका धेरै विद्यालयहरु मर्ज गर्नु पर्ने उनको भनाइ थियो । चालू आर्थिक वर्षहरुमा शिक्षा क्षेत्रमा सोचे जतिको लगानी नभएको र यो वर्षमा शिक्षा क्षेत्रमा केही थप वजेट विनियोजना गर्ने योजना रहेको समेत उनले बताएका छन् ।

स्थानीय सरकारले अब कृषि, शिक्षा, स्वास्थ्य, पशुपालनलगायतका क्षेत्रमा विशेष योजना बनाएर आफू अघि बढ्ने उनको भनाइ छ । अमरगढी नगरपालिकाभित्र २८ सामुदायिक र १३ संस्थागत गरी कूल ४१ वटा विद्यालय रहेको छन् ।

प्रतिक्रिया दिनुहोस्

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*