हनुमानजीको यी १२ चमत्कारिक नामले हटाउनेछ जीवनको सबै संकट

प्रकाशित मिति : ११ बैशाख २०७५, मंगलवार ०६:१९

प्रभु श्रीरामको भक्त हनुमानजीको उपासनासबाट जीवनको सबै संकटहरु हराउने विश्वास रहेको छ । मान्यता अनुसार हनुमानजी एक यस्तो देवता हुन जो थोरै प्रार्थना र पूजाबाट शीघ्र प्रसन्न हुने गर्दछन् । हनुमानजीको पूजनको लागी मंगलबार र शनिवारको दिन उत्तम हुने गर्दछ । यी दिनहरुको अलावा प्रतिदिन हनुमानजीको १२ चमत्कारिक नामको जप गर्नाले हरेक प्रकारको मनोकामना पूरा हुने गर्दछ र जीवनको सबै संकटबाट मुक्ति मिल्ने विश्वास रहेको छ ।

हनुमानजीको १२ चमत्कारिक नाम:

१. ॐ हनुमान।
२. ॐ अंजनीसुत।
३. ॐ वायुपुत्र।
४. ॐ महाबल।
५. ॐ रामेष्ठ।
६. ॐ फाल्गुण सखा।
७. ॐ पिंगाक्ष।
८. ॐ अमित विक्रम।
९. ॐ उदधिक्रमण।
१०. ॐ सीता शोक विनाशन।
११.ॐ लक्ष्मण प्राणदाता।
१२. ॐ दशग्रीव दर्पहा।

प्रतिक्रिया दिनुहोस्

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*