यस्ता कुरामा लापरवाही नगर्नुहोस है शारिरिक सम्पर्क राखेपछि एलर्जी हुन सक्छ

प्रकाशित मिति : ११ बैशाख २०७५, मंगलवार १५:४९

काठमाडौं । आफ्नो पार्टनरसँग यौन सम्पर्कपछि कयौ पटक यस्तो परिस्थिति आउछ, जसको बारेमा हामीले कहिल्लै सोचेका हुदैनौ । कयौ पटक महिलाहरुलाई यौन सम्पर्कपछि एक अलग किसिमको एलर्जी हुने गर्दछ, जुन अति नै हानिकारक हुन्छ । कतिपय महिलाहरुलाई आफ्नो पतिको शुक्रकिटबाट एलर्जी हुने गर्दछ, जसले गर्दा वैवाहिक सम्बन्धमा समेत असर पर्न सक्दछ ।

यस सम्बन्ध स्वास्थ्य विशेषज्ञहरुले जुन महिलाहरु पल्ज्मा हाइपरसेंसीटिभिटीबाट ग्रसित हुन्छन उनीहरुलाई स्पर्म एलर्जी हुने बताएका छन् । यति मात्र होइन कन्डोम प्रयोग गरेर यौन सम्पर्क राखेपनि उनीहरुलाई एलर्जी हुनेसक्ने विशेषज्ञहरु बताउछन । यस्तो एलर्जी हुँदा महिलाहरुमा यौन सम्पर्कपछि योनीमा पोल्ने गर्दछ र योनी सुन्निएर रातो दाग बस्ने गर्दछ ।

अमेरिकामा करिब ४० हजार महिला यस्तो समस्याबाट गुज्रिरहेको एक अध्ययनले देखाएको छ । त्यसैले तपाईलाई पनि यदि यस्तो समस्या छ भने जति सक्यो छिटो डाक्टरसँग सल्लाह लिनु उचित हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*