नेपालको बलिङ अफगानिस्तानका लागि – गर र मर को मोडमा नेपाल !हेर्नुहोस रोमान्चक LIVE भिडियो

प्रकाशित मिति : २६ फाल्गुन २०७४, शनिबार ११:५४

४९.५ ओभर खेल्दै गर्दा १० विकेट गुमाएर नेपालले १९४ रन बनाएको थियो । आजको खेलमा पनि कप्तान पारस खड्का हिरो साबित भएका थिए । उनले एक छक्क १० चौका सहित ७५ रन बनाउन सफल भएका थिए । त्यसका लागि उनले ८२ बल मात्र खर्चेका थिए । सबै भन्दा खराब खेल आज पनि ज्ञानेन्द्र मल्लले खेलेका थिए । उनले ६९ बल खर्चेर मात्र २३ रन बनाउन सफल भएका थिए ।

सुरु भयो नेपालको बलिङ्, हेर्नुहोस यहा क्लिक गरेर लाइभ :

त्यसै गरि दिपेंद्र सिंह ऐरीले ३२ रन आरिफ शेखले २३ रन बनाएका थिए । अन्य ब्याट्सम्यानहरु सस्तैमा पभिलियन फर्किएका थिए ।

उता अफगानिस्तानका बलर मोहम्मद नाबीले सर्बाधिक ४ विकेट लिए भने रसिद खानले ३ विकेट लिएका थिए । त्यसै गरि सापुर जद्रान र मुजिव रहमानले क्रमस २ र १ विकेट लिएका थिए ।

अब अफगानिस्तानले खेल जित्न १९५ रन ल्याउनु पर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*