श्रीमतिको माया कस्तो हुन्छ : समीरासँग बिताएका ती १० दिन … पुरा पढ्नुहोस यदी तपाईलाई तपाईकी श्रीमतिले माया गर्छिन कि गर्दिनन थाहा पाउनु हुनेछ

प्रकाशित मिति : १८ बैशाख २०७५, मंगलवार १३:१२

सरद राई,
मानव जीवनको सत्य कुरा मृत्यु मात्र हो, जुन एकपटक आउँछ र सधैँका लागि लिएर जान्छ । हो, मृत्युलाई कसैले रोक्न र छेक्न सक्दैनन् । रेस्टुराँमा बसेर म मेरी उमासँग बियरको चुस्की लगाउँदै थिएँ । मेरी उमा पनि बियरको चुस्कीसँगै रमाउँदै थिइन् । एक, दुई, तीन गरेर आधा दर्जन बियरका बोतलहरू खाली भइसकेका थिए । हामी घर फर्कनका लागि निकै ढिला भइसकेको थियो ।

भात पकाएर समीराले छोरा आहानलाई खुवाएर सुताएकी रहिछन् । तर समीरा भने मसँगै खाने भनेर त्यसै कुरिरहेकी रहिछन्, म आउन ढिला भएपछि उनी त्यसै निदाउन पुगेकी रहिछन् । तर म राति अबेर घर पुगेँ । छोरा आहान र समीरा सुतिसकेका थिए । म पनि घर पुगेपछि केही नबोलीकन आफ्नो डे«स चेन्ज गरेर ओछ्यानमा पल्टिएँ । मलाई वास्तै थिएन कि समीरा मेरी श्रीमती हुन् भनेर । त्यसै त म मदिराको तालमा लठ्ठ थिएँ ।

बियरको ह्याङले छोड्नै मानिरहेको थिएन, त्यसैले म बिहान अबेरसम्म ओछ्यानमै पल्टिरहेँ । करीब बिहानको आठ बजेको हुँदो हो, समीराले मलाई सुस्तरी बोलाइन् । तातो चिया बनाएर ल्याइदिएकी रहिछन् । उनले भनिन्, ‘बाबा, चिया ल्याइदिएकी छु है ! छिटो उठेर खानुस् ल, एक छिनमा सेलाइसक्छ फेरि ।’

उनी निस्केर किचनमा पसिन् र खाना बनाउने सुरसारमा लागिन् । मलाई उठ्नै मन लागिरहेको थिएन । उमालाई सम्झिए र उनको हँसिलो मुहार र मन्द मुस्कानमा रमाइरहेको थिएँ । त्यत्तिकैमा आहान आइपुग्यो । उसको स्कुल टाइम हुँदै थियो । स्कुल जान ढिला हुन आँट्यो भन्दै ऊ मलाई टाई मिलाइदिन कर गर्न थाल्यो ।

आँखा मिच्दै उठेँ । आहानको टाई मिलाइदिएँ र वासरुममा छिरेँ । फ्रेस भइसकेपछि म र आहान खाना खान भनेर किचनमा छि¥यौँ ।

सबैजनाले खाइसकेपछि म आहानलाई लिएर उसको स्कुलतिर लम्किएँ । उसलाई स्कुलमा छोडेर म उतैबाट अफिसतर्फ लागेँ । नयाँ थियो अफिस, जहाँ मैले ज्वान गरेको थिएँ ।

अफिसमा समय कटाउन निकै गाह्रो भयो । कतिखेर पाँच बज्ला र निस्कुँला भन्ने कुराले मन पोल्न थाल्यो । हिजोको ह्याङ बाँकी नै थियो, मनभरि अनेक कुरा खेलाएर समय व्यतित भयो । बल्लतल्ल पाँच पनि बज्यो । म मेरो ल्यापटप झोलामा हालेर उमालाई भेट्न सोही रेष्टुराँमा पुगँे, जहाँ ऊसँग मैले हिजो बियरको चुस्की लगाएको थिएँ ।

उमा मलाई नै कुरेर बसिरहेकी थिइन् । मलाई देख्नेबितिकै उनको अनुहारमा मुस्कानको लहर फरर खुल्यो । मलाई कुर्दा कुर्दा धमिलिएको उनको मुहारमा बिस्तारै चमक आउन थाल्यो ।

उमासँग मेरो सामिप्य यति गहिरिएर गएको थियो कि म र उमा एक–अर्काविना बाँच्नै नसक्ने अवस्थामा पुगिसकेका थियौँ । विगतका दिनदेखि आजको दिनसम्म आइपुग्दा हाम्रो जोडी दोस्रो रोमियो र जुलिएट नै भइसकेको मलाई अुनभूति हुन थाल्यो । त्यसपछि हामीले एउटा निर्णय ग¥यौं, कठोर निर्णय । बिहे गरेर आफ्नो बाँकी जीवनलाई बाँकी जीवनलाई सँगै बिताउने अठोट हामीले गरिसकेका थियौँ । यो कुरामा हामी दुवै राजी भयौं ।

तर यो गर्न त्यति सजिलो थिएन । मैले मेरी श्रीमती र छोरालाई त्याग्नुपथ्र्यो । उमाले मलाई समीरासँग डिभोर्स गर्न भनिन् । झट्ट यो कुरा सुन्दा मलाई खासै झड्का लागेन । समीरालाई डिभोर्स दिने कुरामा म सहमत भएँ । कानुनबमोजिम समीराले पाउने सम्पत्ति दिएर उनलाई अलग गराउनु थियो । त्यो साँझ समिरासँग यिनै कुरा भए, कुरा गर्दागर्दै रातिको आठ बजिसकेको थियो ।

मैले उमालाई उनको घरमा छोडेर आफ्नो घरतर्फ लागँे । घर आइपुग्दा समीराले आहानलाई होमवर्क सकाउन सहयोग गरिरहेकी थिइन् । म एकछिन फ्रेस भइसकेपछि समीरा र छोरा सँगै बसेर डिनर खायौँ । त्यसपछि मलाई छटपटी हुन थाल्यो । समीरासँग कसरी डिभोर्स माग्ने भन्ने कुराले मन भतभती पोल्न थाल्यो ।

आहान आफ्नो बेडमा सुतिसकेको थियो । मैले बिस्तारै कुरा कोट्याएँ । समीरालाई आफ्नो योजना र भावी चाहनाबारे कुरा खोल्न थालेँ । म र उमा जुन विवाह गरेर आफ्नो बाँकी जीवनलाई अगाडि बढाउन चाहिरहेका थियौं, यो कुरा सुन्नेबितिकै समीराको आँखाबाट भलभली आँसुु बग्न थाल्यो । उनी केही बोलिनन्, मात्र आँसुको मूल फुटाइरहिन् ।

मैले उनलाई निरन्तर सम्झाइरहेँ र डिभोर्सका लागि दबाव पनि दिइरहेँ । समीराले पाउने सबै सम्पत्ति दिन हामी तयार रहेको कुरा उनलाई सुनाएँ । अन्ततः समीराले डिभोर्सको कुरा स्वीकारिन्, तर एउटा सर्तमा ।

‘तिम्रो सर्त के हो ? डिभोर्स नै गर्ने भएपछि सबै सर्त मान्न म तयार छु,’ मैले भनेँ । समीराले आफ्नो मनलाई थाम्दै भनिन्, ‘म कुनै पनि सम्पत्ति लिन्नँ, तर डिभोर्स गर्नुपूर्व बाँकी दश दिन पूरा मलाई दिनुहोस् !’

उनको आग्रह अनौठो थियो । समीराले ती दश दिनको समयावधिमा आफूलाई किचनबाट अँगालोमा हालेर बेडसम्म लानुपर्ने सर्त राखेकी थिइन् ।

समीराको यस्तो सर्तलाई मैले सीधै स्वीकारेँ । समीराको मञ्जुरी र सर्त सुनेर उता उमा पनि निकै उत्साहित थिइन् । समीराले आफूलाई मागेका ती दश दिनको कथा यहाँबाट सुरु हुन्छ ।

०००

सर्तको पहिलो दिन म सबैरै उठेँ । समीराले तयार पारेको चियाको चुस्की लिँदै मैले पत्रिका नियाल्न थालँे । तर मेरो ध्यान पत्रिकामा नभई उमाको मन्द मुस्कानमा दगुरिरहेको थियो । त्यत्तिकैमा आहान आफ्नो होमवर्क सकाउन मद्दत गर्न आग्रह गर्न आइपुग्यो ।

मेरो मद्दतले उसले होमवर्क चाँडै सक्यो । किचनबाट समीराको आवाज निस्कियो, ‘आहान, खाना रेडी भयो है । होमवर्क सक्यौ ?’

हामी खाना खान डाइनिङ रुममा छि¥यौं । खाना खाएर आहानलाई स्कुलतर्फ लिएर म निस्किएँ । त्यत्तिकैमा समीराले चाँडो आउन आग्रह गरिन् । मैले टाउको हल्लाउँदै ‘हुन्छ’ भन्ने प्रतिक्रिया दिएँ । बेलुका पाँच बजेपछि म सीधै घर फर्कें । मैले उमालाइ भोलि भेट्ने भन्दै आज नभेट्ने फोनबाटै जानकारी गराएँ । उनले हुन्छ भनिन् ।

घर पुग्नेबित्तिकै मलाई देखेर समीराको अनुहारमा केही खुशी छाएको देखिन्थ्यो । तर, मलाई भने उमाको यादले सताई नै रहेको थियो । आमाको अनुहारमा आएको केही खुशीको दृश्यले छोरा आहान पनि निकै खुशी देखिन्थ्यो ।

त्यो रात खाना खाइसकेपछि मैले सर्तअनुसार समीरालाई आफ्नो अँगालोमा बाँधे । जुरुक्क उठाएर बेडमा लगेँ । यो दृश्य देखेर छोरा आहान निकै खुशी भएको थियो । सायद उसले सोच्दै थियो, ‘बाबाले ममीलाई धेरै माया गर्नुभो ।’ समीराको आँखामा पनि केही उज्यालो देखियो ।

पहिलो दिन, दोस्रो दिन, तेस्रो दिन हुँदै सर्तको पाँचौं दिन आइपुग्यो । मैले डिभोर्स गर्नुअगाडिका दश दिनलाई समीरालाई छुट्याएको थिएँ । पाँच दिनसम्म आइपुग्दा समीरा र छोरो आहान दुवैको अनुहारमा निकै चमक आइसकेको थियो । छोरो आहानलाई थाहा थिएन कि म र उनको आमा समीरा त्यसको पाँच दिनपछि छुट्टिँदै छौं भनेर । तर उसले पक्कै यही मात्र सोच्न सक्थ्यो– बाबाले ममीलाई धेरै माया गर्न थाल्नुभयो ।

त्यो रात पनि मैले पहिलेझैँ समीरालाई जुरुक्कै आँगालोमा उठाएर बेडतिर लगेँ । त्यत्तिकैमा मलाई पहिलोपटक थाहा भयो कि समीराको पनि आफ्नै मादक गन्ध रहेछ । मैले दश वर्ष समीरासँगै बिताए पनि समीराको त्यो गन्ध आजसम्म मलाई थाहा थिएन । तर मैले मेरो मनलाई समीराको गन्धतिर डुलाउन चाहन्नथेँ । किनभने मैले उमासँग आफ्नो बाँकी जीवनलाई अगाडि बढाउनका लागि राखिएको एक सर्तलाई पूरा गर्दै थिएँ ।

यसरी नै छैटौं दिन, सातौं दिन हुँदै नवौं दिन आइपुग्यो । सर्तको नवौं दिनमा आइपुग्दा छोरा आहान र समीराको मुहारको आभा पूरै फेरिएको थियो । मैले त्यो दिन पनि समीरालाई बेलुकीको खाना खाइसकेपछि अँगालोमा जुरुक्कै उठाएर बेडमा लगेँ ।
समीराप्रतिको प्रत्येक दिनको मेरो यस्तो क्रियाकलापले आहानको मलाई हेर्ने दृष्टिकोणमा पूरै परिवर्तन आएको थियो । समीराको मुहारमा पनि पूरै सन्तुष्टिको आभा देखिन्थ्यो । मलाई त्यो रात कटाउन धेरै मुस्किल प¥यो । समीराको त्यो गन्ध, हेर्ने दृष्टिकोण, मुहारमा छाएको आभा, बद्लिएको मादक मुस्कानले मलाई मलाई नै कताकता परिवर्तन गरिसकेको आभास पाएँ । अब म समीराबिना बाँच्नै सक्दिनँजस्तो भान हुन थाल्यो ।

मैले उमासँग बाँकी जीवन बिताउने योजना बनाइरहेको भए तापनि मेरो भित्री मन भने समीराको हरेक बोली, क्रियाकलाप, अनुहारमा छाएको उज्यालो र उनको मुहारमा छाउँदै गरेको मन्द मुस्कानप्रति आकर्षित हुँदै गयो । बिस्तारै उमालाई बिर्संदै गएको थिएँ । सर्तको अन्तिम रात समीराले मलाई आग्रह गर्दै भनिन्, ‘भोलि हाम्रो डिभोर्स हुँदैछ । यो कुरा आहानलाई थाहा नदिनु है !’ सायद समीरालाई लाग्थ्यो, मैले समीरालाई दिएको नौटंकी माया आहानले थाहा नपाओस् ।

त्यसै त म आफैं पनि उता उमालाई बिर्सेर समीराप्रति आकर्षित भइसकेको थिएँ । मलाई लाग्न थाल्यो– समीरा नै मेरो सबै चिज हो । तर यो कुरा मैले समीरालाई भन्न सकिरहेको थिइनँ ।

दशौं दिन म सबेरै उठेर उमाकहाँ पुगे । उमाले कफी तयार गरिन् । कफीको चुस्की लिँदै उमाले भनिन्, ‘आजबाट तिम्रो सर्त सकियो । आज समीरालाई डिभोर्स दिने दिन, हैन त ?’ उमाले सोचेअनुसार त्यो दिनदेखि म उमाको आफ्नो मान्छे भइसकेको थिएँ ।

तर, मलाई उमाको होइन समीराको यादले पो झन् सताउन थाल्यो । मैले भन्नै सकिरहेको थिइनँ कि म समीरालाई डिभोर्स दिन सक्दिनँ । म छट्पटिन थालेँ । मलाई के गरौं के नगरौं भइरहेको थियो । मेरो छटपटी सायद उमालाई थाहा थिएन, उनले भनिन्, ‘डिभोर्स गर्न जाने होइन ?’

म झसङ्ग भएँ । उमालाई त्यति सजिलै कहाँ भन्न सक्थँे र मेलै समीरालाई डिभोर्स गर्न सक्दिनँ भनेर ? आँट गरेरै भए पनि उमालाई भन्न खोज्दै थिँए, मेरो फोनको घण्टी बज्यो । आहानले फोन गरेको रहेछ । फोन रिसिभ गर्न नपाउँदै आत्तिएको आवाजमा आहानले भन्यो, ‘बाबा छिटो घर आउनुस्, ममी बिरामी हुनुभयो ।’

आहानको कुराले म आत्तिएँ । मैले हतारहतार समीरालाई डिभोर्स दिन नसक्ने कुरा उमालाई सुनाएँ र त्यहाँबाट निस्किए । म हस्याङ्फस्याङ गर्दै घर आइपुगँे । तर म घर आइपुग्दा समीराले संसार छोडिसकेकी रहिछन् । मलाई थाहै भएन कि उनी लामो समयदेखि क्यान्सरसँग ज्युँदो लास भएर लडिरहेकी रहिछन् !

म घर पुग्दा समीराको छेउमा बसेर आहान भन्दै थियो, ‘मम्मी ! उठ्नुस् न, बाबा आइपुग्नुभयो ।’
तर समीराले सधैँका लागि आहान र मलाई छोडेर गइसकेकी थिइन् । मलाई त्यो दिन थाहा भयो, समीरा नहुँदाको पीडा कस्तो हुन्छ भनेर ।
०००
समीराले मलाई दश दिनभित्र धेरै कुरा सिकाएर गइन् । समीराले संसारबाट बिदा लिइसकेपछि मलाई निकै ग्लानि भयो । मलाई महसुस भयो कि दश वर्षसम्म मैले समीरालाई दिनदिनै मारिरहेको रहेछु । मैले दश वर्षसम्म थाहा नपाएको श्रीमतीको माया उनीप्रतिको कर्तव्य समीराले दश दिनमै सिकाइन् ।

(हाम्रै समाजमा दिनप्रति दिन घटिरहेका घटनाको आधारमा पत्रकार शरद राईले कथा तयार पारेका हुन् । कसैको नाम र जीवनसँग मेल खान गएमा संयोग मात्र हुनेछ ।)

प्रतिक्रिया दिनुहोस्

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*