आक्रमणमा २४ सुरक्षाकर्मीको मृत्यु

प्रकाशित मिति : २७ फाल्गुन २०७४, आईतवार ०४:४८

काठमाडौं, फागुन २७ । अफगानिस्तानको फराह राज्यमा तालिवान समूहले गरेको आक्रमणमा २४ जना सुरक्षाकर्मीको मृत्यु भएको छ । इरानको सिमा नजिक अफगानिस्तानको बाला बुलुक जिल्लामा तालिवानविरुद्ध कारबाहीको तयारीमा रहेका सुरक्षाकर्मीमाथि आक्रमण भएको हो ।

मारिनेमा चार जना स्पेसल फोर्सका अधिकृतसमेत रहेका छन् । घटनामा थुप्रै सुरक्षाकर्मी घाइते भएका छन् । अफगानिस्तानमा पछिल्लो समय तालिवान आक्रमण तीब्र भएपछि सरकारी सेनाले तालिवानका पकड क्षेत्रमा धावा बोल्दै आएको छ । यसैक्रममा १० दिनअघि भएको हवाई हमलामा केही तालिवानको मृत्यु भएको थियो ।

  • एजेन्सी
प्रतिक्रिया दिनुहोस्

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*