मेनु

वीपीको स्पोन्सर कोटामा अनियमिता, भर्ना रोक्न निर्देशन

Null

१८ असोज, काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पीजीको स्पोन्सर कोटामा अनियमिता भएको पाइएको छ । साथै स्वास्थ्य मन्त्रालयले स्पोन्सर कोटामा छनोट भएका तीन जनालाई भर्ना नदिन निर्देशन दिएको छ ।

एमडीएमए प्रोग्राम अन्तरगत स्पोन्सर सिप कोटामा पेडि्रयाटि्रक, सर्जरी र ईएनटीमा तीन जना छनौट भएका थिए । त्यसमा अनियमितता भएको गुनासो आएपछि मन्त्रादयले चिकित्सा सेवा महाशाखाका डा. दीपेन्द्ररमण सिंहको संयोजकत्वमा छानविन समिति बनाएको थियो ।

समितिले कार्यविधि अवलम्बन नगरेको, प्रक्रिया पुरा नभएको, मेरिट लिस्टका आधारमा नगरेको पाइएको र मन्त्रालयसँग पनि कुनै समन्वय नगरेको पाइएको प्रतिवेदन दिएको छ । लगतै शिक्षाध्यक्ष र अध्यक्षसँग लिएको स्पष्टिकरण पनि चित्तबुझ्दो नभएको भन्दै स्वास्थ्य मन्त्रालयले उनीहरुको भर्ना रोक्न निर्देशन दिएको छ ।

साथै सिफारिस गर्ने भक्तपुर र भरतपुर क्यान्सर अस्पताललाई स्पष्टिकरण लिन भनिएको छ ।

Null

SIDHAREKHA ONLINE