दुई करोड नक्कली रुपैयाँसहित तीन पक्राउ

प्रकाशित मिति : २ जेष्ठ २०७५, बुधबार १७:२९

काठमाडौँ  जेठ  २  – दुई करोड भन्दा बढी नेपाली नक्कली रुपैयाँसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले मंगलबार साँझदेखि बुधबार बिहानसम्म गरेका अप्रेशनले तीन जनालाई पक्राउ गरेको हो।

महानगरीय प्रहरी परिसरले पक्राउ गरेको तीन जनालाई बुधबार साँझ  साढे ५ बजे पत्रकार सम्मलेन गरी सार्वजनिक गर्ने जनाएको छ।

श्रोतका अनुसार पक्राउ पर्नेहरूको संख्या बढ्न सक्नेछ । अभियुक्तहरूलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको श्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*