भीरबाट लडेर बैतडीमा शिक्षकको मृत्युु

प्रकाशित मिति : २ जेष्ठ २०७५, बुधबार १८:२६

विनोद सिंह विष्ट/सुदूरखबर
बैतडी, जेठ २ । भीरबाट लडेर बैतडीमा आज एक शिक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको मेलौली नगरपालिका २ स्थित सुदर्शन माध्यमिक विद्यालय लिखोडाका ४३ वर्षीय शिक्षक वीरेन्द्र बहादुर चन्द रहेका छन् ।

शिक्षक चन्दको बुधवार बिहान ७ बजे स्कूल जाने क्रममा स्थानिय सुक्र्यौडा भीरबाट लडेर मृत्यु भएको सुदर्शन माविका शिक्षक दिपक राज भट्टले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*