आइपिएल टि-२० ईतिहासकै महङ्गा बलर बने – थम्पी

प्रकाशित मिति : ४ जेष्ठ २०७५, शुक्रबार १६:३६

४ जेठ, काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोरका बासिल थम्पी भारतको टी–ट्वान्टी इतिहासमै सबैभन्दा महंगा बलर बनेका छन् । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत बिहीबार राति सनराइजर्स हैदरावादविरुद्धको खेलमा उनले सबैभन्दा धेरै रन खर्चिएका छन् ।

उनले ४ ओभरमा ७० रन दिए तर कुनै विकेट झार्न सकेनन् । उनी भारतको टी–ट्वान्टी इतिहासकै सबैभन्दा महंगा बलर सावित भएका छन् ।

यसअघि बैंगलोरका श्रीनाथ अरविन्दले सन् २०११ मा ६९ रन दिएका थिए ।

यो खेलमा च्यालेन्जर्स बैंग्लोरले सनराइजर्स हैदरावादलाई १४ रनले हराएको छ । जितसँगै बैंगलोर अंक तालिकामा दुई स्थान फड्को मार्दै पाँचौ स्थानमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*