सुन तस्करीका मुख्य नाइके ‘गोरे’ सार्वजनिक

प्रकाशित मिति : ८ जेष्ठ २०७५, मंगलवार १३:१२

काठमाडौं, जेठ ८ । शनम शाक्य हत्या प्रकरणसँगै खुलेको ३८ सय केजी सुन तस्करीका मुख्य नाइके चूडामणि उप्रती गोरेलाई आज प्रहरीले सार्वजनिक गरेको छ। गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनलाई सार्वजनिक गरिएको हो। गोरेलाई सार्वजनिक गरेलगत्तै मोरङ जिल्ला अदालतमा पेश गर्न पठाइने भएको छ।

गोरेबाट थप सुन तस्करीका थप रहस्य खुलेको गृह मन्त्रालयका छानबिन समितिका संयोजक ईश्वरराज पौडेलले बताए। आज बिहान साढे ५ बजे काठमाडौंको गौरीघाटबाट उनलाई पक्राउ गरिएको छानबिन समितिले जनाएको छ।

उनको समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ वर्षदेखि सुन तस्करी गर्दै आएको थियो। विमानस्थलमा एयरलाइन्सका कर्मचारी र प्रहरीसँग सेटिङ मिलाएर गोरेले सुन तस्करी गर्दै आएका थिए।

गत माघ ९ मा विमानस्थलबाट तस्करी भएको साढे ३३ किलो सुन हराएपछि सुन लुटेको आशंकामा गोरेले करेन्ट लगाएर शनम शाक्यको हत्या गरेको अभियोग लागेको। शाक्य हत्याको विस्तृत अनुसन्धान गर्ने क्रममा उनको तस्करीको धन्दा बाहिर आएको हो। सो प्रकरणमा विशेष समितिले यसअघि ३० जनालाई पक्राउ गरिसकेको छ। जसमध्ये ८ जना प्रहरी अधिकारी छन्।

प्रतिक्रिया दिनुहोस्

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*