हवाई दुर्घटनाको दुख अन्त्य हुन नपाउदै फेरी कैलालीको मसुरिया र पहलमानपुरमा बस दुर्घटनाको खबरले रुवायो

प्रकाशित मिति : २९ फाल्गुन २०७४, मंगलवार १४:५८

धनगढी – कैलालीको मसुरिया शंकरपुरस्थित आज बेलुका महाकाली यातायातको यात्रुबाहक बस दुर्घटना भएको छ । महेन्द्रनगरबाट काठमाडौं गइरहेको महाकाली यातायातको ना ४ ख ५३१७ नम्बर बस ६ बजेर २२ मिनेटमा दुर्घटना भएको हो । दुर्घटनामा परि १६ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुहरुलाई उपचारका लागि घोडाघोडी अस्पताल लगिएको छ ।

घाइतेमध्ये कैलालीको श्रीपुरका रमेश थापाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय मसुरियाका असई कृष्ण तिरुवाले जानकारी दिनुभयो । उनकाअनुसार ३० जना भन्दा बढी यात्रु सवार रहेको गाडी तीब्र गतीका कारण दुर्घटना भएको हो । बस चालक भने फरार रहेको उहाले बताउनुभयो । घटनाबारे थप विवरण थप विवरण आउन बा“की छन् ।

प्रतिक्रिया दिनुहोस्

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*