अत्तरिया प्रादेशिक महोत्सवमा दर्शक न्यून, आयोजकप्रति स्थानीय कलाकार रुष्ट !

प्रकाशित मिति : २९ फाल्गुन २०७४, मंगलवार १५:४९

अत्तरिया , फागुन २९

अत्तरियामा जारी प्रादेशीक महोत्सवको आज सातौ दिन कुन कलाकारहरुले प्रस्तुति राखे ?
कैलालीको अत्तरियामा जारी प्रादेशीक महोत्सवको आज सातौ दिन राष्टिय तथा स्थानिय कलाकार का साथै बिभिन्न संघसंस्थाहरुले दर्शकमाझ प्रस्तुति राखेका छन । आज महोत्सवमा संगीतकार तथा गायक राजन राज शिवाकोटी, मोडल शुसीला कार्की लगायत गुरुकुल डान्स एकेडेमी र दुर्गाज्योती ईङलिस बोर्डिङ स्कुलको प्रस्तुती रहेको सांस्कृतिक संयोजक एबम् उद्योग बाणिज्य संघका माहासचिब अशोकराज देवकोटाले जानकारी दिनुभयो ।

महोतसबमा डेउडा गायक सुरत रावलको रस्तुते भनिएपनी उनको उपस्थिती भने रहेन ।

यसैगरि महोत्सवमा भोली लोकपप गायक चक्र बम , लोकदोहोरी गायक निरज शाहि लगाएतको प्रस्तुति रहनेउहाले जानकारी दिनुभयो । माघको समयमा संञ्चालन भैरहेको महोत्सव यस बर्ष गर्मी मौसममा संञ्चालन गरिदा दर्शकहरु संख्या न्यून रहने गरेको छ । महोत्सबमा नेपालका चर्चित एकसन नायक निखिल उप्रेती , लोकपप गायक चक्र बम, लोक पप गाएक अर्जुन कौशल,लोक देउडा गायक महेश औजी लगाएत प्रदेश नम्बर ७ का चर्चित देउडा गायकहरुको सहभागीता रहने देवकोटाले जानकारी दिनुभयो ।

मनोरञ्जनका लागि लामीतालमा डुङगाको ब्यवस्था गरिएको छ । महोत्सवको प्रदर्शनी स्थलमा १ सय ५० स्टलहरु राखिएका छन । विद्यार्थिहरुका लागि ४० र अन्य सर्वसाधारणहरुका लागि ५० रुपैया टिकटको व्यवस्था गरिएको छ । समृद्ध प्रदेशको आधार,कृषि पर्यटन र ब्यापार भन्ने मुल नाराका साथ अत्तरिया उद्योग बाणिज्य संघको आयोजनामा यहि फागुन २३ गतेबाट शुरुभएको महोत्सव चैत्र ४ गते सम्म चल्ने भएको छ ।

महोत्सबमा दर्शकहरुको संख्या न्युन ,, स्थानिय कलाकारहरुलाई स्थान नदिएको प्रति असुन्तुष्टी

प्रदेशिक महोत्सबमा दैनिक दर्शकहरु बढ्ने अपक्षा गरिएको भएपनि सोचे अनुरुप दर्शकहरु भने उपश्थित भैरहेका छैनन् । यसैमाथी स्थानिय केही कलाकारहरुले आयोजकले भने जस्तो पारिश्रमिक नदिएको भन्दै असुन्तुष्टी जनाईरहो छन् । कैलालीको अत्तरियामा रहेको फारबेस्ट डान्स फाउण्डेसन आफ्नो प्रस्तुति महोत्सबमा रहेपनि आयोजकले कुनै बस्ता नगरेको अरोप लगाएको छ ।

फाउण्डेसनका अध्यक्ष हरिष बिक्रम खडाएतले महोत्सव आयोजकले सम्झौता अनुसारको काम नगरेको आरोप लगाए । फाउण्डेसनले एक प्रेस बिग्यप्ती जारी गर्दै महोत्सबमा चरम लापरबाही र अपमान गरेकोले आगामी दिनमा महोत्सबमा सहभागी हुन नसक्ने जनाएको हो । महोतस्बमा मड्गबार दर्शकको सहभागीता निकै न्युन रहेको छ । महोत्सबमा गत बर्षको जस्तै परम्परागत कुरा बाहेक नयाँ हेर्न लायक खासै केही नभएकोले पनि यो बर्ष दर्शकको सहभिता कम भएको हुन सक्ने ममोत्सबमा सहभागी एक दर्शकले बताए । गर्मी को मौसम र देशभर भईरहेका पछिल्ला दुस्खद घटनाक्रमले पनी दर्शकको सहभागीता न्युन भएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*