युयस बंगाल विमान दुर्घटनाका मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै तथा घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै अत्तरियामा दीप प्रज्वलन

प्रकाशित मिति : २९ फाल्गुन २०७४, मंगलवार १५:५९

हेमराज भट्ट/सुदुर खबर , अत्तरिया , फागुन २९
कैलालीको अत्तरियामा आज दिप प्रज्बलन गरिएको छ । अत्तरिया युवा क्लब र अत्तरिया जेसिजले संयुक्त रुपमा सोमबार त्रिभुवन अन्तर्रा्िष्ट्रय विमानस्थलमा बंगलादेशबाट काठमाडौ आएको यु्यस बंगाल विमान अबतरणका क्रममा दुर्घटनामा परी ज्यान गुमाएका यात्रुहरुको आत्माको शान्तिको कामना गर्दै दीप प्रज्वलन गरेको हो ।

आज साझ ७ बजेतिर अत्तरिया बजारको मुख्य चोकमा दिप प्रज्बलन गरिएको अत्तरिया युवा क्लबका अध्यक्ष दिलिप कुमार साउदले जानकारी दिनुभयो । विमान दुर्घटनामा ज्यान गुमाएका सम्पुर्ण मृतआत्मा प्रति श्रद्धाञ्जली व्यक्त गर्दै, घाइतेलाई सिघ्र स्वास्थलाभको कामना साथै दिवंगत परिवारलाई धैर्य धारण गर्ने शक्ति भगवानले प्रदान गरून भन्ने उद्देश्यले दिप प्रज्वलन कार्यक्रमको आयोजना गरिएको युवा क्लबकम उपाध्यक्ष महेश बिष्टले बताउनुभयो ।

दिप प्रज्वलन कार्यक्रममा अत्तरिया जेसिज बर्ष २०१८ का पदाधिकारीहरुको पनि सहभागीता रहेको थियो । सोमवार दिउँसो त्रिभुवन अन्तर्रा्िष्ट्रय विमानस्थलमा बंगलादेशबाट काठमाडौ आएको यु्यस बंगाल विमान अबतरणका क्रममा दुर्घटनामा परी ४९ जनाले अकालमै ज्यान गुमाएका थिए भने २२ जना घाईते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*