बाजुराका स्थानीयहरु डोका बेचेर छोराछोरीको पढाइ खर्च जुटाउदै

प्रकाशित मिति : २९ फाल्गुन २०७४, मंगलवार १६:०१

लक्ष्मीराज पाध्याय / सुदुर खबर
बाजुरा, फागुन २९ । जिल्लाका कतिपय स्थानीयहरुको व्यवसाय नै डोका बुन्ने रहेको पाइन्छ । डोका नाङ्ला बुनेर जै जीवीकोपार्जन गर्दै आएका छन् । लेकबाट निगाला ल्याएर घरमै बसी डोका डाला,नाङ्ला जस्ता विभिन्न खालका सामग्री बनाएर गाउँ–गाउँमा गएर विक्री गर्ने गरेका छन् ।

बाजुराको छेडेदह गाउँपालिका–६ का ५५ वर्षीया गोविन्द्र रावतको पनि यस्तै दैनिकी चलिरहेको छ । आइतबार सदरमुकाम मार्तडीमा संचालन भएको नेपाल कपडा सिलाई तथा कटाई कार्यक्रमको प्रथम जिल्ला अधिवेशनमा उनले डाला,डोका,नाङ्ला लगायतका निगालोले बुनेका सामग्री ल्याएर सदुरमुकाम पुगेको हुन् । ६ घण्टाको पैदल यात्रामा हातले बुनेका सामग्री विक्री गर्न सदरमुकाम मार्तडी पुगेको रावतले बताए ।

गाउँमा बनाएका निगालोका सामग्री ब्रह्मतालो,कुल्देवमाण्डौ,कैलाशमाण्डौ लगायतका छिमेकी जिल्ला अछाम र बझाङ्गमा समेत माग विक्री गरिदै आएको रावतले बताए । पछिल्लो समय देखि लेकाली जङ्गलहरुमा निगालोको उत्पादनमा कमी र कतिपयले निगालो भएका वन क्षेत्रमा आगो लगाउने थालेपछि निकालोको कमी हुन थालेको रावतले बताएका छन ।

निगालोबाट बुनेका विभिन्न खालका सामग्रीहरुबाट बेचेर मासिक १५ हजार भन्दा बढी आम्दानी हुने गरेको रावत बताई रहेको छन । डोका नाङ्ला,डाला,छाप्रो लगायतका सामग्रीले बजार पाएको भएपनि जंगलमा निगालो उत्पादनमा कमी हुदै गएको रावतको भनाई रहेको छ ।

उनले पहिले निकालो लिन जङ्गल जाँदा दुई घण्टा भित्र लिएर घर पुगिन्थ्यो । तर अहिले एक भारी निगालो ल्याउन दिनभर लाग्ने गर्छ रावतले भने । जंगलमा निगाला सकिन थालेपछि व्यवसाय लोप हुन थालेको रावतले थपे । निगालाको व्यवसायबाट ९ जनाको परिवार पालन पोषण र दुई छोराछोरीको पढाई खर्च जुटेको रावतले सुदुर खवरलाई बताएका छन ।

घर परिवार र छोराछोरीको पढाइलाई धान्ने गरेको व्यवसायले निगालोको कमीले लोप हुने हो भने आगमी दिनमा के गरेर घरको खर्च चलाउने चिन्ता लागेको छ उहाँले भने । जिल्लाका दहकोट,मानाकोट,आटिचौर,डोगडी गुदुखाती काँडा लगायतका साविकका गाविसहरुका स्थानीयहरुले डोका बुनेर घर खर्च चलाउदै आएका छन् । लामो समयसम्म लेकाली क्षेत्रमा भैसीं लगेर डोका ,नाङ्ला,छाप्रो,डालो लगायतका सामग्री बुनेर कतिपय पैसामा विक्री गर्ने गरिन्छ, भने कतिपय अन्न मकै,धान,कोदो लगायतका बालीमा साटेर विक्री गर्ने गरेको रातवले बताएका हुन ।

निगालाबाट बुन्ने व्यवसाय संरक्षण र प्रवद्र्धन गर्नका लागि गाउँपालिका र नगरपालिकाहरुले बजेट विनियोजन गरेको पाइदैन । व्यवसायलाई बचाई राख्नका लागि व्यवसायमा लागेका गाउँपालिका र नगरपालिकाहरुले आवश्यक बजेट विनियोजन गरी प्रवद्र्धन गर्न आवश्यक रहेको बताइएको छ । हातले बुन्ने िनगालाे र बासँका सामग्रीहरुको आवश्यक उपकरणको प्रयोग गर्न पाए अझै सहज हुने व्यवसायीहरु बताउँछन् । परम्परात रुपमा हातले बुनिदै आएका निगालाका सामग्रीहरुको तराईमा पर्ने धनगढी, कञ्चनपुर, नेपालगञ्ज र देशकै राजधानी काठमाण्डौमा निर्यात हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*