मेनु

मान्छेहरु बिदेशका ठुलो रा्ष्ट्रजादैमा ठाडो सिर पार्ने अनि सानो रा्ष्ट्र जादैमा शिर निउराउने किन ? के अमेरिका पुग्दैमा स्वभाव घमण्डी गर्ने त ?

Null

नेपालीहरु विश्वका कुनै देशमा गए कहिल्यै घमण्डी, ठूलो पल्टिने र मान्छे नगन्ने हुँदैनन् । तर अमेरिका कुनै न कुनै तरिकाबाट पुगेका नेपाली ठूला पल्टिने हुन्छन् । नेपालीहरु खाडी मुलुक, अफ्रिकन देश, युरोप, बेलायत, अस्ट्रेलिया लगायत अन्य आदि देश जाँदा यस्तो हावा लाग्दैन । उनीहरु त्यस्ता दम्भ गर्ने गरि कुरा गर्दैनन् । तर अमेरिका पुगेका नेपाली मात्तिएको कुरा गर्ने हुन्छन् ।

त्यति मात्र हैन् उनीहरु के के नै पाए जसरी छोइनसक्नुका पनि हुन्छन् । एक हिसाबले त उनीहरु सन्काहा हुन्छन् । मान्छे नै नगन्ने हुन्छन् । अमेरिका पुगेपछि अधिकांश नेपाली बटारिएका कुरा गर्ने पनि हुन्छन् । त्यति मात्र कहाँ हो र ? अमेरिका पसेपछि साथीभाई बिर्सने, छरछिमेकी बिर्सने, आफन्त बिर्सने, कुटुम्ब बिर्सने अझ त्यस्तै पर्यो भने आफूलाई जन्म दिने आमाबुवालाई पनि बिर्सने हुन्छन् ।

नेपालमा हुँदा संगै एकछिन नछुट्टिने साथी, आफन्त, नजिकको नातेदार अमेरिका पुगेपछि देशलाई समेत बिर्सेर बिदेशी संस्कृतिमा रमाएर घमण्डी हुने गर्छन् । यस्ता आरोप, प्रत्यारोप तथा लान्छना अमेरिका पुगेका मानिसलाई लाग्ने गर्छ । अन्य मुलुक पुगेका भन्दा अमेरिका आएकालाई नेपालीलाई ज्यादा तोक्ने गरिन्छ ।

के अमेरिका बसोबास गर्ने नेपालीहरु साँच्चै कै ठूलो पल्टिने, देब्रे कुरा गर्ने र छोई नसक्नुका हुन्छन त ? के यो कुरा सत्य हो त ? कि आरोप या लान्छना मात्र हुन् ? अमेरिकामा बस्नेलाई सोध्नुभयो भने झन्डै ३ लाखमध्ये केही यस्ता रोगले ग्रसित हुन् पनि सक्छन । अमेरिका पसेका नेपालीहरु यस्ता छँदै छैनन् भन्ने पनि होइन् ।

तर आमरुपमा हेर्ने हो भने सबै कुराहरु सत्य पनि होइनन् । बिल्कुलै आधारहीन कुराहरु हुन् । केबल आरोप मात्र हुन् । लान्छना मात्र लगाइएको हो ।

अमेरिकामा नेपाली केवल कमाउन आएका हुन् । परिवारलाई सुख दिने र आफ्नो जीवन बनाउने ध्येयले आएका हुन्छन । कुरा शत प्रतिशत यही कटु सत्य र यथार्थ हो । समाज सेवा गर्न अमेरिका आएका हुँदैनन् । अनि फुर्सद पनि हुँदैन् ।

कामको चाप र छिटो जीवन चल्ने हुनाले जीवनशैलीलाई अमेरिकन जीवनशैलीमा ढाल्न व्यस्त हुने हुनाले साथीभाई, ईष्टमित्र ,आफन्तसँग सोचे जस्तो सम्पर्क हुन सक्दैन् । अमेरिकामा डिभी परेर र पारिवारिक प्रायोजन गरेको बाहेक अधिकांशले कागज बनाएका हुँदैनन् । जसरी भए पनि अमेरिकामा टिक्नुपर्ने भएकाले धेरै मानिसको ध्यान त्यसतर्फ हुन्छ ।

अमेरिका पसेका नेपालीहरु सबै घमण्डी नै हुन्छन् भन्नु सरासर गलत हो । सबैले त्यस्तो खालको सोच राख्दैनन् । उनीहरु परिस्थिति र अमेरिकन जीवनशैलीको गुजुल्टोभित्र बेरिएका मात्र हुन् । अमेरिका आएका नेपाली झन् व्यवहारिक हुन् उन्मुख हुन्छन् । बरु अमेरिका आएका नेपाली सप्रेका हुन्छन् । अमेरिकाको बोझले सिधा भएका हुन्छन् । अमेरिकन व्यस्त जीवनको चपेटामा अल्झिएका हुन्छन् ।

तीब्र जीवन र दौडधुपको जिन्दगी यापन गर्दै जीवन घिसार्दाघिसार्दै समयचक्र चलेको नै भुलिदिन्छन् । संचारमा कमी रहन्छ । नेपाल छोडेपछि यति नयाँ परिवेश र नयाँ मित्रसँग सम्बन्ध स्थापित हुँदै जाँदा सबै कुराहरु शिथिल हुँदै जान्छ । अनि नेपालमा बस्ने सबैसँग दोहोरो संचारमा कमी भैदिन्छ । अनि, अमेरिका पुगेपछि मानिस अमेरिकाको हावा लाग्छ भन्ने आरोप खेप्दछन् ।

मानिस संघर्ष गर्दागर्दै उमेरले डाँडो काटिदिन्छ । जीवन बनाउने र परिवारको कर्तब्यबाट मुक्ति नपाउने हुनाले अमेरिकामा भासिएको भासिएकै भएपछि ठूलो संचारको खाडल आइदिन्छ ।

किन यस्तो आरोप आउँछ ?
नेपालमा बस्नेले अमेरिका पुगेकाबाट नेपालको सम्पर्क र नेपाल जस्तो व्यवहार खोज्दछन् । जस्तो नेपालमा थियो त्यस्तो नै अपेक्षा गरेका कारण त्यस्तो आरोप लाग्दछ । नेपालमा हुँदा एकैसाथ, एकैठाउँ, एकैथलो, एकैगाउँ, एकैछिमेकी ,एकैसाथ सँगै उठबस गर्ने साथीभाई ,आफ्नो मानिस अमेरिका आएपछि अमेरिकन जीवनसँग पौठेजोरी खेल्नु पर्ने हुनाले त्यस्तै गर्न कदापी सक्दैनन् । अनि नेपालमा यस्तो थियो, त्यहाँ पुगेपछि यस्तो भएछ भन्ने दोषारोपण लाग्दछ ।

त्यति मात्र हैन्, नेपाल हुँदा आर्थिक रुपले दयनीय थियो तर अमेरिका गएर भाँडा माझेर कमाएर धक्कु दिन्छन् पनि भन्ने गरिन्छ । त्यही मान्छे अमेरिका आएर संघर्ष गरेर सम्पन्न हुँदै जाँदा घुमाउरो पाराले दुःखित जीवनयापन गरेर कमाएको पो हो त भन्ने पनि गरिन्छ । न कमाउँदा पनि समाजद्वारा हेपिने, कमाउँदा पनि धर नै नपाइने ! यस्ता प्रकारका लान्छनाबाट आफ्नै परिवार, कुटुम्ब, साथीभाई हितैसीले झटारो हान्ने हुनाले बिस्तारै सम्पर्कबिहीन हुँदै जाने क्रम बढ्ने स्वतः हुन्छ ।

मजदुरी काम गरेर शान देखाउने र फुर्ति देखाउने जस्ता पनि आरोप लाग्दछ । त्यति मात्र हैन्, अमेरिका भाँडा माझ्न जानु हुँदैन भन्ने गलत सोचाई अझ पनि हटेको छैन् । अमेरिका छिरेका नेपाली कहाँबाट, कहाँ पुगे भन्ने हेक्का नै छैन् अझै पनि कतिपय नेपालीलाई ।

अमेरिका आएर संघर्ष गरेर उच्च पदमा पुगे पनि विचार र सोचमा परिवर्तन नआएकाले ‘अमेरिकाबाट जे भन्दा पनि हुन्छ’, ‘धाक दिन्छ’ भन्ने आरोप लाग्छ । पटकपटक सामाजिक सञ्जालबाट आफ्नो मनको भाव अमेरिकामा बस्नेलाई दनक दिने पनि गरिन्छ ।

झन् महिला मान्छे अमेरिका एकल आए भने अनेक नकारात्मक टीकाटिप्पणी र धज्जी उडाएको पनि सुन्ने गरिन्छ । अनि उनीहरु यस्तो समाज या संसारबाट आफै टाढिँदै जाने हुन्छन् । किन टाढा भयो बुझ्दैनन् बरु ठूली भइछ भन्ने आलोचना मात्रै गर्छन् ।

अमेरिका आएका नेपाली किन स्वार्थी हुन्छन् त ?
अमेरिकामा नेपाली केवल कमाउन आएका हुन् । परिवारलाई सुख दिने र आफ्नो जीवन बनाउने ध्येयले आएका हुन्छन । कुरा शत प्रतिशत यही कटु सत्य र यथार्थ हो । समाज सेवा गर्न अमेरिका आएका हुँदैनन् । अनि फुर्सद पनि हुँदैन् । कामको चाप र छिटो जीवन चल्ने हुनाले जीवनशैलीलाई अमेरिकन जीवनशैलीमा ढाल्न व्यस्त हुने हुनाले साथीभाई, ईष्टमित्र ,आफन्तसँग सोचे जस्तो सम्पर्क हुन सक्दैन् ।

अमेरिकामा डिभी परेर र पारिवारिक प्रायोजन गरेको बाहेक अधिकांशले कागज बनाएका हुँदैनन् । जसरी भए पनि अमेरिकामा टिक्नुपर्ने भएकाले धेरै मानिसको ध्यान त्यसतर्फ हुन्छ ।

देश छोडी अमेरिका छिरेपछि साथीभाई, आफन्त आदि इत्यादी भनेको गौण हुन्छ । त्योतर्फ ध्यान कम जाने हुनाले अमेरिका गएपछि धेरै मानिस बदलिन्छन् । अपबाद भनेको फरक बिषयवस्तु हुन्छ । अनि उनीहरु केवल डलर कमाउन आएको हुनाले अरु धनी भन्दा आफू धनी हुने र राम्रो जीवनयापन गर्ने लक्ष्यमा उन्मुख हुन्छन् ।

यही लतले सबै भुल्दै जाने हुनाले नेपालसँगको सम्पर्क अप्रत्याशित रुपमा घट्न जान्छ । अनि ,अमेरिकामा गएर ज्यादा कमाएपछि हामीलाई बिर्स्यो र हामीलाई बाल मतलब दिएन भनेर आरोप यसरी नै सुरु हुन्छ ।

अमेरिका पुगेका नेपालीहरु दैनिक दुई देखि ३ वटा ठाउँमा काम पनि गर्न बाध्य हुन्छन् त्यसैले पनि अरुसँग सम्पर्कमा बस्न सक्ने अवस्था हुँदैन । नेपालीहरु ८ घण्टा देखि १६ घण्टासम्म पनि काम गर्छन् । अनि उनीहरुसँग कसरी कुरा गर्न सम्भव हुन्छ ?

अनेक जुक्ति लगाई अमेरिका छिरेकाले आफ्नो जीवन र भविष्य मात्र हेर्ने हुनाले सबै कुरा थाँती राख्नुपर्ने हुन्छ । तर, मानिसहरु भने चोर बाटोबाट अमेरिका पुगेका नेपालीको त्यत्रो शान भन्ने पनि आरोप लगाउँछन् । उनीहरुलाई के थाहा, ३० देखि ४० लाख सम्म दलाललाई पैसा खुवाएर मेक्सिको, ब्राजिल र बोलिभिया आदि देश हुँदै ज्यान हत्केलामा राखेर अमेरिका पुगेको ? उनीहरु आफ्नो भन्दा अरुसँग त्यति सम्पर्कमा बस्न पनि रुचाउँदैनन् किनभने कसैले उजुरी हालिदिए प्रहरीको खोरमा पुगिन्छ भन्ने डर हुन्छ ।

डोनाल्ड ट्रम्प राष्ट्रपति भएपछि अमेरिकामा लुकेर बसेका या जीवन बिताउने सपना लिएका त्यस्ता खालका ठूलो पल्टिने, देब्रे कुरा गर्ने र छोई नसक्नुका नेपालीलाई नेपाल फर्काई दिए पनि हुन्छ भन्ने सामाजिक सञ्जालमा केही नेपालीले नै आक्रोश पोखेको पनि देखिन्छ ।

अझ रमाइलो त त्यो आक्रोश नेपालमै बस्ने नेपालीहरुले नै पोखिरहेका हुन्छन् । तर, अवसरको भूमि आएका नेपालीहरु नेपाल फर्कने न्यूनतम सम्भावना छ । बरु शाखा सन्तान ल्याउन तल्लिन छन् नेपालीहरु । जे जस्ता आरोप र लान्छना लगायता पनि काग कराउँदै जान्छ, पिना सुक्दै जान्छ सिद्धान्त अपनाउनु नै बेस ! भन्नेको मुख थुन्न सकिँदैन ।

आफ्नो काम गर्नेले काम गरि रहन्छन् । अमेरिकामा रहेका नेपालीले जीवन बनाउने दाउमा यसरी नै समय खर्चि रहन्छन् ।

लेखक अमेरिकाको भर्जिनियामा बस्छन् ।

Null

SIDHAREKHA ONLINE