सलमानको ‘रेस ३’नेपालमा, कति रकम तिरेर ल्यइयो त ?

प्रकाशित मिति : २९ जेष्ठ २०७५, मंगलवार १७:५७

काठमाडौं- शुक्रबार रिलिज हुने चर्चित बलिउड अभिनेता सलमान खान अभिनित ]रेस ३]को नेपाल वितरण अधिकारलाई २ करोड ४० लाख मिनिमम ग्यारेन्टी ९एमजीु बुझाइएको छ। यस सम्झौता अन्तरगत फिल्म नचलेपनि उक्त रकम सलमान खानलाई बुझाउनु पर्ने गोपीकृष्ण इन्टरटेन्मेन्टका निरज पौडेलले बताएका छन् ।

फिल्म नेपालका १३० बढी सिनेमा घरमा रिलिज हुने छ ।’रेस ३’ले नेपालमा सोलो रिलिज पाएको छ। सलमानले एक भिडियो रिलिज गर्दै नेपाली दर्शकहरूलाई ईदको शुभकामना दिदैं रेस ३ हेर्न आग्रहसमेत गरेका छन्।

फिल्ममा सलमान खान अनिल कपुर, बबी देवल, ज्याकलिन फर्नान्डिज, डेजी शाह, सकिब सलिम ेको भुमिका रहेको छ । फिल्मको ट्रेलरले राम्रो प्रतिकृया पाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*