सलमान खानको चलचित्र रेस-३ ले प्रदर्शन नहुँदै बनायो यस्तो नयाँ रेकर्ड

प्रकाशित मिति : ३० जेष्ठ २०७५, बुधबार ०९:३२

एजेन्सी । बलिउड अभिनेता सलमान खानको चलचित्र रेस(३ प्रदर्शनमा आउन अब केही दिन बाँकी छदै फिल्मले नयाँ रेर्कड बनाएको छ । भारतिय संचार माध्यमका अनुसार फिल्मको सेटेलाइट राइट सबै भन्दा महंगोमा बिक्री हुने भएको छ।

खबरका अनुसार फिल्मको सेटेलाइट राइट करिब १५० करोडमा बिक्री हुने डिल भएको छ। तर उक्त रकमका बारेमा भने पुष्टी हुन बाँकी भएको बताइएको छ। यसअघि यस मुद्दामा आमिर खानको फिल्म दंगल सबै भन्दा धेरैमा बिक्री भएको थियो।

जसको मुख्य ७५ करोड रहेको थियो।सलमानको रेस(३ आमिरको दंगल भन्दा महंगोमा बिक्री हुने भने निश्चित भइसकेको भारतिय मिडियाले जनाएका छन् । रेस तीन को ट्रेलरले पनि राम्रो प्रतिकृया पाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*