राजेश पायलको ‘उडी हराउँने धुवाँ जस्तै मानिसको चोला’ गीत सार्वजनिक (हेर्नुस् भिडियो)

प्रकाशित मिति : ३० जेष्ठ २०७५, बुधबार १०:०९

काठमाडौं, जेठ ३० । गायक राजेशपायल राईले अमेरीकामा रेकर्ड गरेको ‘उडी हराउने धुवाँ’ बोलको गीत सार्वजनिक भएको छ । अमेरीकामै रहेर नेपाली गीत संगीतमा इटा थप्दै आइरहेकी गीतकार ममता राईको शब्दमा समावेश रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो ।

गीतमा दिप घतानीको संगीत तथा एरेञ्ज रहेको छ । सार्वजनिक गीतको बारेमा बोल्दै गायक राजेश पायल राईले गीतकार ममता राईको शब्दमा गीत राम्रो बनेको बताए ।

‘हामीले नेपाली चलचित्रका गीतहरु विदेशको कुरा गर्ने हो भने इन्डियामा मात्र रेकर्डिङ गरिरहेका हौ । तर म आफुलाई भाग्मानी ठान्छु की मैले कोरिया, जापान र अमेरीकामा आफ्ना गीतहरु रेकर्ड गर्न पाइरहेको छु ,’ गीतका बारेमा राईले भने।

त्यस्तै गीतकार ममता राईलेपनि अमेरीकामै गीत रेकर्ड गर्न निकै गाह्रो भएको बताइन् । गीत रेकर्ड गर्न केही समस्या भएपनि दु:ख गरे अनुसार गीत राम्रो बनेको बताइन्।

हेर्नुस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*