कांग्रेसले सुरु गरेका विकास वर्तमान सरकारले रोकेको नेता बडूको आरोप

प्रकाशित मिति : ३० जेष्ठ २०७५, बुधबार १०:३२

लोकेन्द्र प्रशाद जोशी/सुदूरखबर
दार्चुला, जेठ ३० । नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य दिलेन्द्रप्रसाद बडूले नेपाली कांग्रेको नेतृत्वमा सरकार भएका बेला जिल्लामा सुरु गरेका ठूल्ठूला विकास निर्माणका कामहरु नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को सरकार आएसंगै रोकिएको आरोप लगाएका छन् ।

पार्टी कार्यक्रममा सहभागि हुन गृहजिल्ला दार्चुला आएका केन्द्रीय सदस्य समेत रहेका प्रतिनिधिसभा सदस्य बडूले मंगलबार कांग्रेसको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

फाइल तस्वीर

प्रतिनिधिसभा सदस्य बडूले कांग्रेसको सरकार भएका बेला सुरु गरिएका विभिन्न विकास निर्माणका योजनाहरुको बजेट काटेको बताएका छन् । शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरमा ९९ संैयाकोे अस्पताल निर्माण गर्ने भनेर कांग्रेसले छुट्याएको बजेट वर्तमान सरकारले काटेको बडूको आरोप छ । वर्तमान सरकारले स्वास्थ्य क्षेत्र जस्तो सम्वेदनशिल क्षेत्रमा राजनीति गरेर बजेट कटौती गरेको प्रति बडुले आपत्ति जनाए ।

दार्चुलाको समग्र विकास कांग्रेसले मात्रै गर्न सक्ने भन्दै प्रतिनिधिसभा सदस्य बडूले विष्फोटक पदार्थ अभावमा निर्माण कार्य रोकिएको दार्चुला–तिंकर सडक निर्माणका लागि नेपाली सेनासंग समन्वय गरेर १० टन विष्फोटक पदार्थ तत्काल आउने बताए । विष्फोटक पदार्थको व्यवस्थापन भैइसकेपछि सडक निर्माण कार्य सुरु हुने तथा यसै वर्ष भित्र सुन्सेरासम्म गाडी चल्ने उनको भनाइ छ ।

अर्को प्रसंगमा बोल्दै सदस्य बडूले वर्तमान सरकारले ल्याएको बजेट आफैमा गलत भएको दाबी समेत गरेका छन् । सरकाले बजेट ल्याउदा केन्द्रमा बढी तथा प्रदेश र स्थानीय तहमा कम ल्याएको उनकोे आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*