मेसी र अर्जेन्टिनाको समर्थनाम निकालियो मोटरसाइकल र्‍याली

प्रकाशित मिति : ३० जेष्ठ २०७५, बुधबार १५:५०

काठमाडौं । विश्वकप २०१८ भोलि अर्थात बिहीबारबाट शुरु हुँदै छ । अहिले विश्वभरका खेलप्रेमीमाझ विश्वकपको रौनक बढेको छ ।
नेपालमा पनि विश्वकपको माहोल तातीरहेको छ । फुटब प्रेमीहरु आफूले समर्थन गरेको जर्सी लगाए हिड्न थालेका छन् । यसैक्रममा फुटबल प्रेमीहरुले धादिङमा र्‍याली नै निकालेका छन् । धादिङका फुपटबल प्रेमीहरुले अर्जेन्टिना जर्सी लगाएर मोटरसाइकल र्‍याली निकालेका छन् ।

उनीहरुले मेसीको टिम अर्जेन्टिनालाई समर्थन गर्दै मोटरसाइकल र्‍याली निकालेका हुन् ।मंगलबार साँझ ५ बजे ससाहबाटबाट शुरु भएको र्‍याली पुच्छार बजार बिच बजार हुँदै शहर परिक्रमा गरेको अर्जेन्टिनाका समर्थक अर्जुन कमार श्रेष्ठले बताए । र्यालीमा समर्थकहरुले अर्जेन्टिनाले विश्वकप जित्ने दाबी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*