देब्रे हात र खुट्टामा नलगाउनुस् सुन !

प्रकाशित मिति : ३० जेष्ठ २०७५, बुधबार १८:०८

हरेक धातुले हाम्रो शरीरलाई कुनै न कुनै असर पारेको हुन्छ । विभिन्न घातुबाट बनेका आभूषण लगाउँदा शरीरलाई फाइदा हुन्छ ।

तर गलत तरिकाले गरगहना लगाउँदा अशुभ हुने विश्वास गरिन्छ । सुन पनि एउटा यस्तै धातु हो जसलाई लगाउन जानिएन भने संकट आइ पर्न सक्छ ।

सुन प्रयोग गर्दा तलका निम्न १३ तथ्यलाई ख्याल गर्नुपर्छस्

१. देब्रे हातमा कहिल्यै सुन लगाउनु हुँदैन । यो हातमा सुन लगाउँदा समस्या आउने गर्छ । लगाउनै परेमा भने ज्योतिषसँग सल्लाह लिनुपर्छ ।

२. खुट्टामा सुन पहिरिएमा वैवाहिक जीवनमा समस्या आउने र स्वास्थ्य खराव हुने गर्छ ।

३.घरमा सुन राख्दा उत्तर–पूर्वमा रहेको कोठामा राख्नुपर्छ ।

४. सुनलाई रातो वा पहेँलो कपडामा बाँधेर राख्नुपर्छ । सुनसँग केसर राखेमा धन प्राप्ति हुने गर्छ ।

५. गर्भवती तथा वृद्ध महिलाले सुन लगाउनु हुँदैन । ६.साइँली औंलामा सुनको औंठी लगाउने हो भने सन्तान प्राप्ति हुन्छ ।

७. ब्राह्मण, पुजारी वा गुरूलाई सुन दान गर्नुपर्छ । अपरिचित वा अप्रिय व्यक्तिबाट सुन लिनु हुँदैन ।

८. सुन भेट्टाउनु वा हराउनु दुबै अशुभ मानिन्छ । सुन हराउँदा बिरामी बिरामी भइने र भेट्टाउँदा खर्च बढ्ने गर्छ ।

९.वैवाहिक जीवनलाई सुखी बनाउनका लागि गलामा सुनको सिक्री र कान्छी औंलामा सुनको औंठी लगाउनुपर्छ ।

१०.फलाम वा कोइलाको काम गर्ने मानिसले सुन लगाउनु हुँदैन । यी व्यक्तिले सुन लगाएमा व्यापारमा नोक्सान पुग्छ । यदि पहिरिनु परेका ज्योतिषसँग सल्लाह लिनु राम्रो मानिन्छ ।

११. सुनमा सर्दी र गर्मी दुबै ऊर्जा हुन्छ । रूघा, ज्वरो आएको बेलामा कान्छी औलामा सुनको औंठी लगाउनुपर्छ । सुनपानी खाने हो भने रोग प्रतिरोधी क्षमतामा वृद्धि हुन्छ ।

१२. कम्मरमा कहिल्यै पनि सुन लगाउनु हुँदैन । कम्मरमा सुन लगाउँदा पाचन प्रणाली खराव हुने र पेटसम्बन्धी समस्या देखिने गर्छ ।

१३. पेट वा मोटोपनको समस्याबाट पीडितले कहिल्यै सुन लगाउनु हुँदैन । साथै धेरै रिसाउने मानिसले पनि सुन लगाउनु राम्रो हुन्न ।

प्रतिक्रिया दिनुहोस्

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*