स्थानीय मिलमिलाप केन्द्रका संयोजनक तथा सदस्यलाई प्रशिक्षण

प्रकाशित मिति : ३० जेष्ठ २०७५, बुधबार १८:३७

डडेल्धुरा, जेठ ३० । डडेल्धुरा सदरमुकामको अमरगढी नगरपालिकाका ११ वटै वडामा स्थापना भएका स्थानीय मिलमिलाप केन्द्रका संयोजनक तथा सदस्यहरुलाई प्रशिक्षण दिइएको छ ।

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान जावलाखेल, ललितपुर र अमरगढी नगरपालिका डडेल्धुराको संयुक्त आयोजनामा स्थानीय मिलमिलाप केन्द्रका संयोजनक तथा सदस्यहरुलाई सामुदायिक मेलमिलाप सम्बन्धी आधारभूत प्रशिक्षण दिइएको हो ।

जेठ २३ गतेदेखि संचालन भएको ८ दिने प्रशिक्षण बुधबार एक कार्यक्रमकाबीच  समापन गरिएको छ । स्थानीय स्तरमा उत्पन्न हुने सानातिना विवादहरुलाई स्थानीय स्तरमै समाधन गर्ने उदेश्यले मिलमिलाप केन्द्रका संयोजनक तथा सदस्यहरुलाई प्रशिक्षण दिइएको अमरगढी नगरपालिकाका प्रमुख विशेश्वरप्रसाद ओझाले जानकारी दिए ।

स्थानीय स्तरमा भइपरी आउने विवादहरुलाई आपसी छलफलका माध्यमबाट दुबै पक्षको जित हुने गरी गाउँठाउँमै स्थानीय मिलमिलाप केन्द्रका व्यक्तिहरुले मिलाउने विश्वास लिएको नगरप्रमुख ओझाको भनाइ छ ।

तालिममा सिकेका कुराहरुलाई व्यवहारमा लागू गर्न न्यायिक समितिका संयोजक तथा उपप्रमुख संगीता भण्डारीले तालिमका सहभागिहरुलाई निर्देशन दिइन् ।

गाउँघरमै मिलमिलाप कसरी गराउने भन्ने विषयको कुनै किसिमको तालिम नलिएका स्थानीय मिलमिलाप केन्द्रका प्रतिनिधिहरु तालिम लिएपछि आफूहरुले धेरै कुराहरु सिक्न पाएको बताउँछन् ।

गाउँघरमा मेलमिलाप गराउँदा के गर्नु हुन्छ, के गर्नु हुँदैनलगायतका विषयमा तालिमबाट धेरै कुराहरु सिकेको तालिममा सहभागि लक्ष्मी गुरुङले बताइन् । वडास्तरमा गएर आएका विभिन्न किसिमका विवादहरु मिलाउने उनले बताइन् ।

गाउँठाउँमा भइपरी आउने कुलो, पानीको बाँडफाँड तथा घर झगडा कुटपीट, अर्काको बाली नोक्सानीलगायतका सम्बन्धी विवाद मेलमिलाप केन्द्रले मिलाउने गरेको उनको भनाइ छ । तालिममा वडास्तरमा गठन भएका मेलमिलाप केन्द्रका संयोजनक तथा सदस्य, स्थानीय न्यायिक समितिका पदाधिकारी र न्याय सम्पादन क्षेत्रमा काम गर्ने कार्मचारीहरुको सहभागिा रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*