सर्पको टोकाइबाट ज्यान गुमाएकी पार्वतीको शव उत्खनन्

प्रकाशित मिति : ३० जेष्ठ २०७५, बुधबार १८:४३

नमराज भण्डारी/सुदूरखबर।
अछाम, जेठ ३० । छाउपडी गोठमा सुतेको बेला सर्पले डसेर ज्यान गुमाएकी पार्वती बुढाको शव प्रहरीले उत्खनन् गरेको छ । पोष्टमाटम नै नगरेर शव गाडिएकोले पोष्टमाटम गर्नका लागि शव उत्खनन् गरीएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रुकेश तण्डुकारले जानकरी दिएका छन् ।

प्राकृतिक मृत्यु बाहेकका घट्नामा अनिवार्य पोष्टमाटम गर्नुपर्ने कानुनी व्यवस्था भएकाले शव उत्खनन् गरिएको बताएका छन् । शवलाई पोष्टमाटमका लागि जिल्ला अस्पताल मंगलसेन ल्याइदैछ । अछामको तुर्माखाद गाउपालिका–४ जुया गाउकी १८ वर्षीया पार्वतीको शनिवार राति छाउपडी गोठमा सर्पले डसेर ज्यान गएको थियो । आफन्तले पोष्टमार्टम नै नगरी शव गाडेका थिए ।

प्रहरीले खवर पाउँदा शव पोष्टमाटम गर्नुपर्ने भएकाले गाउलेले छाउ गोठमा नभइ घरमै सर्पले डसेर मृत्यु भएको भनेर सल्लाह गरेर घट्ना ढाकछोप गरेका थिए । छाउगोठमै मृत्यु भएको भनि समाचार प्रशारण भए पछि प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरीलाई घट्ना बारे बुझ्न टोली घट्नास्थल पठाउन लगाएको थियो ।

अछाममा छाउपडी गोठमा थुप्रै किशोरी तथा महिलाले ज्यान गुमाए पनि अधिकांशको शव पोष्टमाटम नगरेरै दाहासस्कार गर्ने गरिन्थ्यो । पार्वतीको शव उत्खनन् गरेर पोष्टमाटम गरेपछि छाउपडी कुप्रथा बार्ने र बार्न लगाउने प्रचलनमा कमि आउने यसका अभियान्ताहरुले विस्वास लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*