गोलभेडा खान मात्रै होइन सुन्दर छालाको लागि पनि उत्तिकै उपयोगी

प्रकाशित मिति : ३० जेष्ठ २०७५, बुधबार १८:५२

हाम्रो भान्सामा प्रायः दैनिक रुपमा प्रयोग हुने गोलभेडा खानको लागि मात्रै होइन स्वास्थ्यको लागि पनि निकै उपयोगी छ । त्यस्तै छालाको सौन्दर्यको लागि पनि यसको निकै महत्व रहेको छ ।

टमाटरमा मानिसको अनुहारलाई निकै फाइदा दिने तत्वहरु हुन्छन् । यसले बढ्दो उमेरको लक्षणलाई कम गर्न सघाउ पु¥याउँछ । यसले सनस्क्रिनले जसरी अनुहारको हेरचाह गर्छ, त्यसरी नै गर्ने गर्छ ।

टमाटरमा भिटामिन ए, सीको मात्रा धेरै हुन्छ । यसले हाम्रो अनुहारलाई नरम बनाउने काम गर्छ । यसले अनुहारलाई पोषणसमेत दिन्छ । अनुहारमा टमाटारको प्रयोग धेरै किसिमले गर्ने सकिन्छ । यसका लागि आफ्नो आवश्यकता र सहजता अनुसार टमाटरको फेस मास्क तयार गर्न सकिन्छ । टमाटरको फेस प्याक बनाउन ज्यादै नै सजिलो छ ।

टमाटर र मोहीको फेस मास्क

टमाटर र मोहीको फेस मास्क बनाउँदा दुई चम्चा टमाटरको रसमा ६ चम्चा मोहीलाई मिसाउनु पर्छ । दुवैलाई राम्रोसँग मिलाएर अनुहारमा लगाउनु पर्छ । यसलाई राम्रोसँग सुकाएपछि मात्रै यसलाई पानीले सफा गर्नुपर्छ । यसको नियमित प्रयोगले अनुहारमा हुने दागलाई यसले पूर्ण रुपमा हटाउँछ ।

जौ, दही र टमाटरको फेस मास्क

जौ, टमाटरको रस तथा दहीलाई राम्रोसँग मिलाएर यो फेस मास्क बनाउन सकिन्छ । यो पेस्टलाई अनुहारमा लगाएर केही समय राखेर सफा पानीले सफा गर्नुपर्छ । जौले अनुहारको डेड स्किनलाई हटाउने गर्छ ।

टमाटर र महको फेस मास्क

यो फेस मास्क बनाउँदा एक चम्चा टमाटरको रसमा महलाई राम्रोसँग मिसाउनु पर्छ । यसलाई १५ मिनेटसम्म अनुहारमा लगाएर सुकाउनु पर्छ । त्यसपछि यसलाई मनतातो पानीले राम्रोसँग सफा गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*