मेनु

अत्तरियामा जेठ ५ गते देखी भेट्रान कप क्रिकेट प्रतियोगिता हुने

कैलाली, बैशाख २८ । नेपालकै सर्वाधिक धनराशीको महिला क्रिकेट प्रतियोगिता सम्पन्न भएको केही दिनमै फेरी अत्तरियामा पिएफए भेट्रान कप हुने भएको छ ।

प्ले फर स्पोर्टस क्लव अत्तरियाको आयोजनामा आउँदो जेठ ५ गते देखी १५ गते सम्म भेट्रान कप हुने भएको हो ।

धनगढी, महेन्द्रनगर, गुलरिया, टीकापुर, लालबोझी, डडेल्धुरा लगायत ठाउँहरुका १६ वटा टिमको प्रतियोगितामा सहभागितामा जनाउने प्ले फर स्पोर्टस क्लवका अध्यक्ष सन्तोष भट्टले जानकारी दिएका छन् ।

‘स्वास्थयका लागि खेलकुद’ भन्ने मुल नारा सहित आयोजना गरिने प्रतियोगिता रबरको बलले खेलिने नेपालकै ठूलो प्रतियोगिता हुने भएको आयोजकले दावी गरेको छ ।

प्रतियोगिताका विजेताले टिमले एक लाख ५१ हजार एक सय ११, उपविजेताले ७५ हजार पाँच सय ५५, वेस्ट ब्याट्सम्यान, वेस्ट बलर, वेस्ट फिल्डर र म्यान अफ द सिरिजले नगद रु १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

टी–२० फर्मेटमा खेलाइने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको प्रतियोगिताका खेल संयोजक प्रेम अवस्थीले जानकारी दिए । २९ बर्ष भन्दा माथिका उमेर समुहका खेलाडीले मात्र प्रतियोगितामा सहभागिता जनाउने छन् । प्रतियोगिता अत्तरिया पूर्वरोडमा रहेको सशस्त्र प्रहरी खेल मैदानमा हुनेछ ।