सेती अञ्चल अस्पतालद्धारा अस्पताल परिषरमै फार्मेसी सञ्चालन - Sudur Khabar
मेनु

सेती अञ्चल अस्पतालद्धारा अस्पताल परिषरमै फार्मेसी सञ्चालन

Null

धनगढी, जेठ ३ । धनगढीको सेती अञ्चल अस्पतालले अस्पताल परिषरमै आफ्नै फार्मेसी सञ्चालनमा ल्याएको छ ।

४६ लाख रुपैयाँमा सञ्चालनमा ल्याईएको फर्मेसीको जनस्वाथ्य कार्यालय कैलालीका प्रमुख टंक प्रसाद चापागार्इँले बुधबार बिहान एक कार्यक्रमका विच उद्घाटन गर्नुभएको छ ।

फार्मेसी सञ्चालनका लागि अस्पतालले ७ सय प्रकारका औषधी र १ सय सर्जिकल सामाग्रीका लागि टेण्डर आह्वान गरेको थियो । जसमध्ये ८५ प्रतिशत औषधी फार्मेसीमा उपलब्ध भईसकेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट अशोक श्रीपाईलीले बताएका छन् ।

उहाले ओपीडी, आईसियु, वार्ड, डाईलासिस लगायमा चाहिने औषधी फार्मेसिमा पाईने बताउनुभयो । फार्मेसी सञ्चालनमा आएपछि बुधबारबाट विरामीले सेवा पाउन थालेका छन् । यस आर्थिक वर्षमा सिमित बजेट आएका कारण ईम्पलान्ट लगायतका लागि चाहिने औषधी भने खरिद गर्न नसकेको अस्पतालले जनाएको छ ।

हाल उपलब्ध नभएका औषधी आउने आर्थिक वर्षमा थप्ने योजना अप्सतालले बनाएको छ । अस्पताल परिसरमै फोर्मेसी सञ्चालनमा आएपछि विरामीलाई औषधीको लागि नीजि क्लिनिकमा जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।

अस्पतालले सञ्चालनमा ल्याएको फार्मेसिमा बाहिरका भन्दा सस्तो र गुणस्तरीय औषधी पाईने मेडिकल सुपरिटेण्डेन्ट श्रीपाईलीले दावी गरेका छन् ।

अस्पतालले फार्मेसी सञ्चालनका लागि टेण्डर आह्वानमा परेका आवदेनमध्ये तीन वटा कम्पनीको टेण्डर स्वीकृत पछि सम्झौता गरेसगै यशोदा फार्मेसी धनगढी, ड्रग सेन्टर धनगढी र डिवि मेडिसिनले औषधी ढुवानी गरिसकेका छन् ।

गत चैत मसान्तभित्रै फार्मेसी सञ्चालन गर्न स्वाथ्य मन्त्रालयले सेती अञ्चल अस्पतालाई परिपत्र गरको भएपनि अस्पतालले चासो नदेखाएकोले परिपत्र गरेको समयमा फार्मेसी सञ्चालन गर्न सकेको थिएन् ।

फार्मेसी सञ्चालनका लागि स्वाथ्य मन्त्रालयले गत पुसमा सेती अञ्चल अस्पताललाई १५ लाख रुपैयाँ र सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति (स्वास्थ्य बिमा कार्यक्रम) ले १० लाख गरी २५ लाख अनुदान उपलब्ध गराएको थियो ।

अस्पताल व्यवस्थापन समितिले २१ लाख थप गरी ४६ लाखको लागतमा फार्मेसी सञ्चालनमा ल्याएको हो ।

अस्पताल परिसरभित्रै फार्मेसी सञ्चालन भएपछि आम बिरामीलाई सहज र सुलभरूपमा मुल्यमा औषधी उपलब्ध हुने र अस्पतालको आम्दानी पनि बढ्ने अप्सताल विकाश समितिका अध्यक्ष रिता भण्डारीले बताईन् । फार्मेसी सञ्चालनका लागि मन्त्रालयले सुरुमा अुनदान रकम उपलब्ध गराउने र पछि फार्मेसीको आम्दानीबाट निरन्तरता दिनुपर्ने प्रावधान रहेको छ ।

Null

SIDHAREKHA ONLINE