मेनु

जिल्ला अस्पताल डोटीमा औषधी अभाव

Null

डोटी, जेठ ३ । डोटीमा निः शुल्करुपले वितरण हुने औषधीको अभाव भएको छ । क्षेत्रीय मेडिकल स्टोर धनगढीबाटै जिल्लाले माग गरे बमोजिमका औषधी आपुर्ति नहुँदा समस्या भएको जिल्ला अस्पताल डोटीका स्टोर किप्पर दिपक बोहराले बताउनु बताएका छन् ।

अहिले जिल्ला अस्पताल डोटीमा गर्मीयाम बढेसँगै बिरामीहरुको संख्यामा पनि वृद्धि भएको छ । तत्कालका लागि पारासिटामोल, जीवनजल लगायत सामान्य औषधी मात्र करिब एक महिना सम्मको लागि स्टोरमा मौज्दात रहेको तर अतिआवश्यक औषधी मेट्रोनीडाजोल लगाएतका औषधी अभाव नै रहेको सुचना अधिकृत तेज बिक्रम शाहीले बताएका छन् ।

जसले गर्दा हाल जिल्लाका अन्य स्वास्थ्य चौकीहरुमा पनि औषधी आपुर्ति गर्न नसकिएको अधिकृत शाहिले बताए ।

उता क्षेत्रीय मेडिकल स्टोरमा पनि नाकाबन्दीको समयदेखि केन्द्रबाटै औषधी आपुर्तिमा अनियमित भएकोले माग बमोजिम औषधी निर्यात गर्न नसकेको क्षेत्रीय मेडिकल स्टोरका बरिष्ठ फर्मेसि अधिकृत नारद प्रसाद साहनीले बताएका छन् ।

Null

SIDHAREKHA ONLINE