मेनु

कसरी पुल भाँच्चियो आत्महत्या गरिरहेका युवक बचाउँदा ? ५० जना नदीमा खसे, २ को मृत्यु

काठमाण्डौ जेठ ५ – दक्षिणी गोवाको कुर्चोरम क्षेत्रमा रहेको सान्वोडेम नदीमा बनेको पुल भाँच्चिदा ५० जना नदीमा खसेका छन् ।

घटनामा दुई जनाको मृत्यु भएको छ भने ३० जनाको उद्दार गरिएको छ । केही भने आफै पौडेल सुरक्षित स्थानमा पुगेका छन् । ५ जना घाइतेहरुलाई अस्पतालमा भर्ती गरिएको हो ।

नदीमा हामफालेर आत्महत्या गर्ने कोशिस गरिरहेका एक युवकलाई बचाउने कोशिस गरिरहँदा पुलमा भिड जुटेको थियो । पुलले मानिसहरुको भार थाम्न नसकेपछि पुल भाँचिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

समाचार एजेन्सीका अनुसार यो घटना बिहिबार साँझ भएको थियो । फायर एन्ड इमरजेन्सी सर्भिसलाई सान्वोडेम जुआदी नदीको पुलबाट कुनै युवकले आत्महत्या गर्न हाम फालेको सूचना आएको थियो । जब टोली त्यहाँ पुग्यो, अन्य मानिसहरु पनि त्यहाँ जम्मा भए ।

पुलमा धेरै मानिस जम्मा हुन थालेपछि भार थाम्न नसकेर पुल भाँचिएको थियो ।

पोर्चुगलको शासनकालमा बनेको यो पुल निकै पूरानो थियो । पछिल्लो चार वर्षदेखि त्यहाँ गाडीसमेत चलाउन प्रतिबन्ध गरिएको थियो ।

गृहमन्त्री राजनाथ सिंहले ट्वीट गर्दै यस विषयमा गोवाको मुख्यमन्त्रीसँग कुरा भएको र खोज र बचाव कार्यलाई तीव्र बनाउन निर्देशन दिएको जानकारी दिएका छन् ।
एजेन्सी