मेनु

बाग्लुङको जैमिनी नगरपालिका प्रमुखमा कांग्रेश, उपप्रमुखमा एमाले विजयी

बाग्लुङ, जेठ ५ ।  बाग्लुङको जैमिनी नगरपालिकाको प्रमुखमा कांग्रेसका इन्द्रराज पौडेल विजयी हुनुभएको छ ।

उहाँले ५ हजार ३ सय ५६ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनमोर्चाका नरबहादुर पुनले ५२५० मत प्राप्त गर्नुभएको छ ।

यस्तै उपप्रमुखमा एमालेकी लिला रानाले ४७४० मत प्राप्त गरेर विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी कौशिका विकले ४६४८ मत प्राप्त गर्नुभएको छ ।