आजको राशिफल – बि.स.२०७४ जेष्ठ ०६ गते । शनिबार । ईश्वी सन् २०१७ मे २० तारिख । नेपाल सम्बत् १९३७ - Sudur Khabar
मेनु

आजको राशिफल – बि.स.२०७४ जेष्ठ ०६ गते । शनिबार । ईश्वी सन् २०१७ मे २० तारिख । नेपाल सम्बत् १९३७

Null

बि.स.२०७४ जेष्ठ ०६ गते । शनिबार । ईश्वी सन् २०१७ मे २० तारिख । नेपाल सम्बत् १९३७ । साधारण संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९३८ । ज्येष्ठ कृष्ण पक्ष । तिथि नवमी,१८ घडि ३२ पला । दिउँसो १२ बजेर ३९ मिनेट उप्रान्त दशमी । नक्षत्र शतभिषा ४ घडि ०५ पला, बिहान ६ बजेर ५२ मिनेट उप्रान्त पूर्वाभाद्रपदा । योग वैधृति २५ घडि १४ पला,दिउँसो ३ बजेर २० मिनेट उप्रान्त विष्कुम्भ । करण गर, दिउँसो १२ बजेर ३९ मिनेट उप्रान्त वणिज । आनन्दादिमा आनन्द योग । चन्द्रराशि कुम्भ । पञ्चक ।

काठमाडौंमा सूर्योदय ०५ बजेर १४ मिनेट, सूर्यास्त बेलुका ०६ बजेर ४८ मिनेट जादा । दिनमान ३३ घडी ५३ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) भौतिक तथा सवारि साधन प्राप्तिको योग रहेको छ भने चिठ्ठा तथा उपाहार प्राप्तिको गतिलो सम्भावना रहेको छ । अचल सम्पतिको प्रयोग मार्फत अधिकतम् लाभ लिन सकिनेछ भने थोरै पुँजी तथा सिमित स्रोत साधनबाट असिमित आवस्यकता पुरा गर्न सकिनेछ । छोटो समय लगाएर गरिएको प्रयासबाट सार्थक तथा सकारात्मक नतिजा आउँने हुँनाले मन प्रशन्न रहनेछ । सरकारि साधन तथा प्राकृतिक स्रोतको प्रयोग मार्फत आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । पढाई लेखाईमा प्रगति हुँने हुँनाले आफन्त तथा गुरुजनहरु खुसि रहनेछन् ।
शुभ अंक — १,९ शुभ दिशा — दक्षिण
शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ गजाननाय नम

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) व्यापार व्यावसायमा प्रशस्त नाँफा कमाउँन सकिनेछ भने राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुँनेछ । प्रेम प्रशङगमा रमाउँन चाहनेहरुले आफुले माया गरेको मानिसलाई आफ्नै मन मुटुमा राख्न पाउँदा मन प्रशन्न हुँनेछ । गित संगितमा बिषेश रुचि बढ्नेछ भने पढाई लेखाईमा प्रतिश्पर्धिहरुलाई पाखा लगाई नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ । बिवादित बिषयहरु हल भएर जाने तथा सत्रुहरु आफै किनारा लाग्ने हुँनाले काम गर्न सहज हुँनेछ । मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । निर्णय क्षमतामा बृद्धि भएर जाने तथा कार्यक्षेत्रमा तपाईको निर्णयको उच्च सम्मान गरिनेछ ।
शुभ अंक —५,६ शुभ दिशा — पुर्व
शुभ रंग — सेतो कार्य सिद्धि मन्त्र — ॐ चित्रगुप्ताय नम

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापार व्यावसाय फस्टाएर जाने हुँनाले दैनिकि व्यास्त रहनेछ । अध्ययन अध्यापन, खोज तथा अनुशन्धानको क्षेत्रमा खर्चिएको समयबाट सकारात्मक नतिजा आउँने हुँनाले मन प्रशन्न हुँनेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । माया प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछ भने जीवन साथिको सहयोगले कामहरु बन्नेछन् । आत्मिय मित्र तथा शुभचिन्तकहरुको साथ पाईने हुँनाले जस्तो सुकै चुनौतिको पनि सामना गर्न सहज हुँनेछ । टाडिएका मित्रहरुसँगको भेटघाटले नयाँ योजना बनाउँन महत्वपुर्ण भुमिका निर्वाह गर्नेछ ।
शुभ अंक — ३,७ शुभ दिशा — पश्चिम
शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ बासुदेवाय नम

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) रुपैया पैसा लेनदेन तथा सापटि लिने दिने काम नगर्नुहोला रुपैया पैसाकै कारण साथिभाई तथा आफन्त सँग मनमुटाब बढ्नेछ । सवारि साधन तथा भौतिक सम्पतिको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला कुनै पनि बेला अप्रिय घटना घट्न सक्छ । संकट ब्याबस्थापनको लागि चालिएका कदम हरु निरर्थक हुनेछन् । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । माया प्रेममा मन परेको मानिस सँग घटपट भएपनि मित्रताको बन्धन भने चुटिने छैन । नयाँ काम गर्नुभन्दा पुरानै कामलाई निरन्तरता दिन सकिनेछ भने बैक तथा बित्तिय सस्थामा गरिएको लगानि भने फस्टाएर जानेछ ।
शुभ अंक — ४,८ शुभ दिशा — पश्चिम
शुभ रंग — सेतो कार्य सिद्धि मन्त्र — ॐ सर्वबिद्याय नम

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,ट) बिबाह,बनभोज तथा यस्तै समारोहमा साथिहरुसँग सहभागि भई मिठा परिकार खादै रमाईलो गफ गरेर दिन कटाउन सकिनेछ । मेहनेत तथा लगनशिल भएर काम गर्ने जोसजागर आउनेछ । आज गरिने सकारात्मक प्रयासहरु सफलता पुर्वक सम्पन्न हुँनेछन् । पढाई लेखाई अरु दिन भन्दा सुधार भएर जानेछ भने कुनैपनि प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई सजिलै हराउँन सकिनेछ । थोरै स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ताहरु पुरा गर्न सकिने हुँनाले मन प्रशन्न रहनेछ । उत्पादन क्षेत्रमा गरिएको लागानिबाट आउँने आम्दानिले भबिश्यको लागि भौतिक सम्पति तथा सवारि साधन जोड्न सकिनेछ ।
शुभ अंक — ५,९ शुभ दिशा — उत्तर
शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ जटाधराय नम

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) काम गर्ने शैलि परिवर्तन गरेर आम्दानिका स्रोतहरु फराकिला पार्न सकिनेछ । ब्यापारिक कुल घरानका मानिससँग भेटेर नयाँ योजना बनाउन सकिने र ति योजना अनुशार काम अगाडि बढाउँदा बिशिष्ट ब्याक्तित्वहरुको उत्साहजनक समर्थन रहने छ । अधिकार प्राप्तिको लागि गरिने संघर्षमा बिपक्षहिरुलाई हराउँदै निर्णायक तहमा पुगिनेछ । बादबिवाद तथा प्रतिश्पर्धाको लडाईमा प्रतिश्पर्धिहरुले निर्बिरोध तपाईको समर्थन गर्नेछन् भने सामाजिक काम गरि अरुको मन जित्न सकिनेछ । महत्वपुर्ण कार्ययोजनाहरु सार्वजनिक गर्दा तत्कालका लागि खर्च भने बढ्ने देखिन्छ ।
शुभ अंक — ६,९ शुभ दिशा — उत्तर
शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ घोररुपाय नम

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,त) माया प्रेममा दिनभर रमाईलो गफ गर्दै समय ब्यातित गर्न सकिनेछ । साथिभाई तथा परिवारका सदस्यहरुबाट आर्थिक तथा भावनात्मक सहयोग हँुनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा सकारात्मक नतिजा आउँने हुँनाले मन प्रशन्न हुँनेछ । बौद्धिक कार्यमा सहभागि भई बौद्धिक तथा प्राज्ञिक ब्यात्तित्व सामु गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ । सवारि साधन तथा भौतिक सम्पति लाभ हुँने तथा चिठ्ठा पर्ने योग रहेकोछ । व्यावसायबाट भनेजस्तो नाफा कमाउँन सकिने हुँनाले अन्य क्षेत्रमा पनि रुपैया पैसा लगानि गर्न आट आउँनेछ ।
शुभ अंक — ४,७ शुभ दिशा — पश्चिम
शुभ रंग — खरानि कार्य सद्धि मन्त्र — ॐ त्रिलोकेशाय नम

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) समाजमा ईज्जतिलो काम गर्ने अवसर आएपनि खुट््टा तान्ने तथा फसाउँने मानिसहरु हावि हुँनेछन् । राजनिति तथा समाजसेवामा जनताको समर्थन पाउँन कडा मेहनेत गर्नुपर्नेछ । व्यापार व्यावसायमा नाँफा कमाउन निकैनै संघर्ष गर्नुपर्नेछ भने सवारि साधन तथा घर जग्गाको किनबेच बाट केहि मात्रमा लाभ लिन सकिनेछ । पढाई लेखाई अरु दिन भन्दा कमजोर रहने हुँनाले नतिजा अरुकै पक्षमा जानेछ । आत्मिय मित्र तथा आमासँग छुट्टिएर टाडाको यात्रा गर्नुपर्दा नरामाईलो महशुस हुँनेछ । ज्यानको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउँनेछ ।
शुभ अंक — ४,८ शुभ दिशा — पुर्व
शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ लम्बोदराय नम

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बादबिवाद तथा प्रतिस्पर्धामा प्रतिश्पर्धिहरुलाई सजिलै हराएर अगाडि बढ्न सकिनेछ । मुद्दा मामिला तथा न्यालयबाट हुँने न्याय सम्पादन तपाईकै पक्षमा हुँनेछन् । लेखन कलाको बिकास हुनेछ भने सामाजिक सञ्जाल तथा मिडिया मार्फत आफ्ना भनाईहरु जनमानसमा लैजान सकिनेछ । दाजुभाई तथा छिमेकिसँग गरिने व्यावसाय फस्टाएर जाने हुँनाले प्रशस्त नाँफा कमाउँन सकिनेछ भने अरुलाई प्रभाबित पारेर सजिलै काम लिन सकिनेछ । बिद्यामा सफलता प्राप्त हुँनेछ भने छोटो तथा रमाईलो यात्राको तय हुँनेछ । जिवन शैलिमा सुधार हुँनुको साथै समयको महत्व बुझ्दा अगाडि बढ्न सहज हुँनेछ ।
शुभ अंक — ५,९ शुभ दिशा — उत्तर
शुभ रंग — पहेलो कार्य सिद्धि मन्त्र — ॐ बासुदेवाय नम

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बोलिको प्रभाब बढ्नुको साथै तपाईबाट महत्वपुर्ण तथा दुरगामि निर्णयहरु हुँनेछन् । समाज तथा छिमेकीहरु तपाईको प्रतिष्ठित काम देखेर खुसि हुँनेछन् । पारिवारिक जमघटमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर मिल्नेछ । कुटुम्ब सँगको सम्बन्धमा नयाँ आयामको बिकास हुँनेछ । गित संगित तथा कला साहित्यमा समय लगानि गर्नेहरुका लागि आजको दिन उत्तम रहेको छ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई हराई नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । व्यापार व्यावसायमा सोचेजस्तै आम्दानि हुँनेछ भने नयाँ नयाँ कामको प्रश्ताब आउँनेछ ।
शुभ अंक — २,६ शुभ दिशा — दक्षिण
शुभ रंग — सेतो कार्य सिद्धि मन्त्र — ॐ सदाशिवाय नम

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) राजनिति तथा समाजसेवामा जनताको साथ रहने तथा प्रशासनिक क्षेत्रमा सम्मानजनक उपस्थिति रहनेछ । कला साहित्य तथा सिर्जनात्मक क्षेत्रमा लगानि गर्ने अनुकुल बाताबरण बनेर जानेछ । पढाई लेखाईमा अरुलाई निकै पछाडि पारि अगाडि बढ्न सकिनेछ भने प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराई अगाडि जान सकिने हुँनाले आफन्तहरु खुसि हुँनेछन् । समय अनुसार आफ्ना बिषय बस्तुको उँठान गर्न सके आर्थिक रुपमा सम्पन्न होईनेछ । सुन्दर तथा बिलाशि बस्तुहरुको उपभोग गर्न पाईने हुँनाले मन प्रशन्न हुँनेछ भने सुन्दर पहिरनमा सजिएर अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ ।
शुभ अंक — ३,७ शुभ दिशा — दक्षिण
शुभ रंग — खरानि कार्य सिद्धि मन्त्र — ॐ शितिकण्ठाय नम

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउँने हुँदा उपचार खर्च बढेर जानेछ । पढाई लेखाईमा खासै ध्यान नजादा नतिजा अरुकै पक्षमा जानेछ । प्रेम प्रशंगमा सामान्य घटपट हुँने तथा पति पति बिच अबिश्वासको बाताबरण सिर्जना हुँनेछ । मान सम्मान तथा प्रतिष्ठामा दाग लाग्न सक्छ सजक रहनुहोला । सुधारात्मक कार्यमा खर्च बड्नेछ भने अनाबस्यक ठाउँमा बल तथा बुद्धि प्रयोग हुनेछ सजक रहनुहोला । बिदेशबाट आयात हुँने सामानको व्यापार व्यावसायबाट प्रशस्त नाँफा कमाउँन सकिनेछ भने बैदेशिक यात्रा तथा यात्रासँग सम्बन्धित कामहरु हुँनेछन् ।
शुभ अंक — ३,९ शुभ दिशा — पुर्व
शुभ रंग — पहेलो कार्य सिद्धि मन्त्र — ॐ शशिशेखराय नम

रासिफलमा जे जस्तो भए पनि ब्यस्त रहनुहोस् ,मस्त रहनुहोस् , स्वस्थ रहनुहोस् धन्यबाद ।

ज्योतिषी दुर्गा प्रसाद भण्डारी
नवयूग ज्योतिष परामर्श सेवा केन्द्र
चाबहिल, काठमाडौं
फोन न. ९८५११७८४५९
ओएसनेपाल

Null

SIDHAREKHA ONLINE