साहित्यकार एवं युवा दार्शनिक दियु पौडेलको मनछुने कथा “मेरी आमा” भाग :- ६ ( अवस्य पढ्नुहोला तपाईको मन छुनेछ )

प्रकाशित मिति : ९ असार २०७५, शनिबार १०:०४

मेरी आमा
मनछुने कथा
भाग:-६
लेखक:- दियु पौडेल

नजलाऊ मेरी आमालाई नजलाऊ मेरी आमालाई केही भएको छैन एकैछिनपछी आफैं उठ्नुहुन्छ अहिले विरामी हुनुहुन्छ!
मैले रुदैं कराउँदैे चितामा जलेको आगोलाई निभाउने कोसिस गरें तर सकिन मेरी आमालाई पेट्रोल छर्केर लगाईएको आगो वेस्सरी दन्किरहेको थियो अनि एकैछिनपछी मेरी आमालाई देखिन त्यहॉ त केवल कोईला र खरानी मात्र पाएं !
मेरी आमा भगवानले एकैछिन दर्शन दिएर अन्तरध्यान गर्नुभएको रुप जस्तै महसुस गरें !
आमालाई आफ्नै हातले चितामा आगो लगाएको थिंए !
उनको हातले मैले वुवु माम भन्दै खुवाएको सम्झिंदै आफैंलाई धिकार्दै थिए !
जिन्दगी आमाविना साह्रै खल्लो लाग्दो रहेछ,
आमालाई अन्तिम संस्कार गरेपछीको मेरो घर शुन्य-शुन्य लागिरहेको थियो !
वाटो,धारा,पधेंरा जता-ततै आमाको पर्खाईमा वसिरहन्थें !
गोंधुली साँझ थियो मलाई क्रिया गर्न भनेर एउटा कोठा तयार गरे ,
कयौं रात आमा आउनुहुन्छ कि भन्ने पर्खाईमा वसिरहेको थिंए तर आमा कहिल्यै फर्किएर आउनुभएन !
आमाको अन्तिम चिनो त्यो रात मलाई ओढाईएको कम्मल रहेछ !
आमाको क्रियामा मलाई ओढ्नको लागी भनेर त्यही आमाले अन्तिम पटक मलाई ओढाएको कम्बल थियो ,निकैवेर स्पर्श गरि रोंए …नरोऊ भनेर सम्झाउने पनि निकै थिए तर मन न हो कहॉ मान्छ र?
मैले त्यो कम्बललाई स्पर्श गरि निकै वेर रोएपछी आँशुले भुईमा ओच्छाईएको पराल पनि भिजिसकेको थियो !
कहिले काहीं मैले ओढेको कम्वल नभएर मेरी आमाले काखमा च्यॉपेर सुताएको भान हुन्थ्यो ,कम्वलको छेउले गालामा स्पर्श गर्दा आमाको चिरा-चिरा गरि फुटेको हत्केलाले मेरो ऑशु पुच्छिदिएझैं लाग्थ्यो !
त्यो दिन मैले मलाई भुईमा विच्छाएको पराल संग पनि निकै गुनासो पोखें !

वाहिर धेरै भिड जम्मा भएको थियो कतिले मेरो भविष्यको चिन्ता गर्थे कतिले मेरी वहिनीको !
केही ग्रुपमा तास खेलिरहेका थिए ,कतिले भन्दै थिए आज मरेको दिन कोपिला आन्टी आउँनुहुन्छ होलानी तँलाई डराउन.. …..वच्चाहरु एक आपसमा तर्साईरहेका थिए !
मलाई पनि आमा आएर वावु हामी सवै संगै जाऊँ भन्नुहुन्छ कि झैं लागेको थियो र मन आमाको प्रतिक्षामा वसेको थियो

अधेंरी औशीको चुक पोखिएको रातमा कतै काला-काला केही पर देख्दा पनि आमाले मलाई लुकामारी खेल्दा चिहाएझैं लाग्थ्यो ,
आमाले सधैं वजार वा कतै जॉदा पनि वस है एकैछिनमा आउँछु भन्ने मेरी आमा
आज यसरी किन भुल्नुभयो ,मलाई मेरी आमाले अन्तिममा नराम्ररी झुक्काउनु भएछ…
सधैं स्कुल जॉदा आफ्नो ख्याल गरेस् साथी भाईसंग झगडा नगरेस् भन्न चाहीं सक्नुहुन्थ्यो तर अन्तिम दिन आफ्नो ख्याल गरेस् है भनेर पनि भन्नु भएन मलाई आमा संग धेरै रिस उठिरहेको थियो !
आमा आज निकै वदलिनु भएछ ,

वुवालाई मैले जानिंन सानैमा छाडेर जाने वुवाको मेरो लागी कुनै मायॉ थिएन,
मलाई आमाले जतन गरि राखेको मेरो वुवाको फोटो पुरानो वाकसवाट देखाउँदा पनि हातले पर फालिदिन्थें किनकी मेरो वुवाले वहिनी आमाको पेटमा हुँदा अर्की कान्छी आमालाई लिएर जानुभएको रे…मैले वुवाको अनुहार सम्म देखेको थिईन…वुवा कालगतीले वित्नुभएको भए मेरो वुवाप्रति ईज्जत र प्रेम निकै हुने थियो होला !
नारीमा धेरै सहन सक्ने शक्ति हुन्छ सायद कुनै पुरुषलाई पर्ने हो भने पिडा पचाउन सक्दैनथें होला,
मेरो ममीले वुवा विनानै गरेको संधर्ष सानो थिएन ,

म सानै देखी जिद्दी स्वभावको थिंए..
तर संसारको सवै खुशी मेरी आमा आज थिईनन् …सुनेको थिए वचपनमा मानिस मरेपछी तारा हुन्छन् रे कति पटक ऑगनको डिलमा पुगेर आकाशतिर हेरें मेरी आमा जस्ता थुप्रै थिए ,
मेरी आमाले लगाउने कपडा पनि लिएर गएको भए चिन्थें होला.. सायद धर्ति देखी मैले चिच्चाएको आवाज आमाले कहिल्यै सुन्नुभएन होला !
कोही वाटोमा हिंडेका महिलाहरु वोल्दा पनि मेरै आमाको आवाज जस्तै लाग्थ्यो !

ईट्टा वोकेर मेरी आमाले मलाई साईकल किनिदिनुभएको थियो ,त्यही साईकलमा निकै वच्चाहरु झुम्मिंदै घन्टी वजाउँदै थिए मैले त्यो साईकल नचलाउन भनें:- त्यतिखेर मेरो साथि गोपालले भन्यो आफ्नो आमाले किनिदिनुभएर होला नि पख् म पनि आमालाई किनीदिन भन्छु …यो सुन्नासाथ मैले आफुलाई टुहुरो अनुभव गरें र भक्कानीएर रोंए !
दिनभरी मेरो घाऊ लुक्थ्यो तर जव सॉझ पर्थ्यो मेरी आमा चप्पल पड्काउँदै आएझैं लाग्थ्यो भान्सामा रोटी पोल्न वसेझैं लाग्थ्यो ,
कसैले मेरी आमाको जस्तै कपडा लगाएर आएपनी झम्टिन मन लाग्थ्यो !
आमाको पिटाईमा त्यो औषधी थियो जुन आज मेरो घाऊले खोजिरहेको थियो !

त्यसैले त आमालाई “भगवानको” दर्जा दिईएको हो !
आमा जति आफ्नो सन्तानको लागी त्याग गर्ने यो दुनियॉमा कोही छैन !

क्रमश:-
प्रकाशित मिति:-असार ०८

* कथा कस्तो लाग्यो प्रतिक्रिया दिन नभुल्नुहोला )

प्रतिक्रिया दिनुहोस्

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*