बलिउड नायिका सोनालीलाई क्यान्सर !

प्रकाशित मिति : २१ असार २०७५, बिहीबार १२:१२

काठमाडौं, असार २१ । बलिउड नायिका सोनाली बेन्द्रेले आफूलाई क्यान्सर भएको खुलासा गरेकी छन्। ४३ वर्षीया सोनालीले सामाजिक सञ्जालमार्फत आफूलाई ‘हाई ग्रेड’ क्यान्सर भएको जानकारी गराएकी हुन्।

न्यु योर्कमा उपचाररत सोनालीले आफूलाई सहयोग गर्ने परिवार र साथीभाइलाई धन्यवाद समेत दिएकी छन्। रोग लाग्नु आफ्ना लागि आश्चर्यजनक रहेको र कहिल्यै यस्तो होला भनेर नसोचेको उनको भनाइ छ।

उनलाई क्यान्सर भएको खबर सार्वजनिक भएपछि करण जोहर र रितेश देशमुखले सामाजिक सञ्जालमार्फत शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*