फेरी बरीखाको भेलसँगै सप्तकोशीमा बाढीको त्रास, फेरी देखायो भारतले नेपालमाथी असली रुप ! खतराको रातो बत्ती बाल्दा पनि खोलेनन भारतपट्टीको ढोका

प्रकाशित मिति : २१ असार २०७५, बिहीबार २०:५०

धरान । सप्तकोसी नदीमा पानीको बहाव बढेपछि स्थानीयहरु फेरी तनावमा आएका छन् । सप्तकोसीमा पानीको बहाव बढेपछि कोसी ब्यारेजमा खतराको संकेतस्वरुप रातो बत्ती समेत बालीएको छ । पूर्वी पाहाडि जिल्लामा हप्तादिनदेखि वर्षा भैरहेका कारण सप्तकासी नदीमा पानीको बहाव बढेको हो। कोसीमा पानीको बहाव बढेपछि सप्तकोसी आसपासका क्षेत्रका स्थानीयको सुरक्षामा उच्च सर्तकता अपनाइएपनि सर्वसाधारणमा तनावमा छन् ।

सप्तकोसीमा पानीको बहाव बढेपछि स्थानीय प्रशासनले यस क्षेत्रका बासिन्दाको सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको उद्धार टोली तयारी अवस्थामा राखेको छ। बिहीबारदेखि पानीको बहाव ह्वात्तै बढेको र पानीको बहाव बढ्दा समेत भारत सरकारले कोसी ब्यारेजका २४ वटा मात्र खुल्ला गरेको भन्दै स्थानीयहरु आक्रोशित बनेका छन् ।

हिले पहिरोमा हेर्दाहेर्दै पुरियो गाडी, भाइरल हुँदै मुग्लिनको त्रासदीपूर्ण भिडियो
चितवन । मुग्लिन-नारायणगढ सडकमा माथिबाट खसेको हिले पहिरोले गुडिरहेको एउटा गाडी नै पुरिदिएको छ ।पानी परिरहेको बेला मुग्लिन सडकमा खसेको पहिरोमा यात्रुहरू दैनिक कति हैरानी र जोखिममा यात्रा गरिरहेका छन् भन्ने झलक यो भिडियोमा छ ।

गुडिरहेको जिपमा अचानक माथिबाट हिले पहिरो खसेर जिप नै पुरिदै गएको दृश्यमा देखिन्छ ।दुबै तर्फ सयौं यात्रु र सवारी रोकिन्छन्, र त्यहाँ होहल्ला र तनावको वातवरण देखिन्छ ।पहिरोमा डुब्दै गएको जीपको बचाउने कुनै उपाय नै हुन्न ।हेर्नस् यो त्रासदीपूर्ण भिडियोः

प्रतिक्रिया दिनुहोस्

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*