सन्दीप क्यानडामा फेरि चम्किए, ४ ओभरमा लिए ३ विकेट

प्रकाशित मिति : २६ असार २०७५, मंगलवार २२:५७

काठमाडौँ, असार २६ । क्यानडामा जारी ग्लोबल टी–२० प्रिमियर लिग क्रिकेटमा नेपाली युवा स्पिनरले आफ्नो बलिङको जादुलाई कायमै राखेका छन । आज भएको वेष्टइन्डिज बी टिमविरुद्ध सन्दीप लामिछानेले तीन विकेट लिन सफल भए ।

टस हारेर ब्याटिङको निम्तो पाएको वेष्ट इन्डिज बीविरुद्ध बलिङ गर्ने क्रममा सन्दीपले चार ओभरमा ३१ रन खर्चिदै तीन विकेट हात पारे । ग्लोबल क्रिकेट लिगको पुछारमा रहेको मोन्ट्रियलले दोस्रो चरण अन्तर्गत वेष्ट इन्डिज बीविरुद्ध खेलेको हो ।

सन्दीपले यो प्रतियोगितामा कुल विकेट सख्या ८ पुर्याएका छन । अघिल्लो खेलमा दुई विकेट हात पारेका सन्दीपको बलिङमा एक पटक क्याच मिस भएको थियो । वेष्ट इन्डिज बीले निर्धारित २० ओभरमा १६२ रन बनाएको थियो । १६३ रनको विजयी लक्ष्यसहित मोन्ट्रियल टाइगर्सले अहिले ब्याटिङ गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*