पाकिस्तानमा आत्मघाती बम बिस्फोट, एनएपीका नेता बिलौरसहित १२ जनाको मृत्यु

प्रकाशित मिति : २७ असार २०७५, बुधबार १०:३०

काठमाडौं, असार २७ । पाकिस्तानको पेशावरमा गराइएको आत्मघाती बम विस्फोटमा अवामी नेसनल लिग एनएपीका नेता हारुन बिलौरसहित कम्तिमा १२ जनाको मृत्यु भएको छ ।

याकातूत क्षेत्रमा एउटा चुनावी बैठकलाई लक्षित गरी गराइएको विस्फोटमा ३० जनाभन्दा बढी घाइते भएका छन् । एएनपी नेता आफ्ना कार्यकर्तासँग छलफल गर्दै गर्दा विस्फोट गराइएको हो ।

बिलौर मञ्चमा उक्लँदै गर्दा एक व्यक्तिले आत्मघाती विस्फोट गराएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । विस्फोटबाट गम्भीर घाइते भएका बिलौरको उपचारका क्रममा अस्पतालमा निधन भएको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

बिलौरका बुवा तथा एएनपीका वरिष्ठ नेता बशीर अहमद बिलौर पनि सन् २०१२ मा पेशावरमा पार्टीको बैठकका क्रममा आत्मघाती विस्फोटमा मारिएका थिए । पाकिस्तानमा यही जुलाई २५ मा आमचुनाव हुँदैछ । चुनाव नजिकिँदै जाँदा हिंसात्मक घटना बढ्दै गएका छन् ।

  • एजेन्सी
प्रतिक्रिया दिनुहोस्

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*