बाढीले पुल बगाएपछि परिक्षा स्थगित

प्रकाशित मिति : २७ असार २०७५, बुधबार १५:०७

लोकेन्द्र प्रसाद जोशी/सुदूरखबर
दार्चुला, असार २७ । तीन दिनदेखिको अविरल वर्षाका कारण गएराति नौगाड खोलामा आएको बाढीले काठेपुल र आरसिसि पुल बगाएपछि परिक्षा स्थगित भएको छ ।

दार्चुलाको नौगाड गाउँपालिका स्थित नौगाड खोलामा आएको बाढीले बिद्यालय जान खोलामा लगाएको पुल बगाएपछि जनहित माविमा सञ्चालन भइरहेको प्रथम चौमासिक परिक्षा स्थगित भएको हो ।

बाढीले पुल बगाउँदा विद्यार्थी विद्यालय जानबाट वञ्चित भएका छन् । पुलहरु बाढीले बगाउँदा स्थानीयबासीन्दा र दुई सय विद्यार्थीहरुलाइ आवतजावतमा समस्या भइरहेको जनहित माविका सहायक प्रधानाध्यापक प्रेमसिँह ठगुन्नाले जानकारी दिएका छन् ।

यस्तै, सोही क्षेत्रको देथला–धुलिगडा सडकखण्डको ठाउँ ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । सडकको पर्खाल भत्किएको स्थानीयहरुले बताएका छन् । बाढी प्रभावित विद्यालयहरु बन्द गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*