पानी छोएको निहुँमा कुटपिट गर्नेलाई ६ महिना जेल सजाय

प्रकाशित मिति : २७ असार २०७५, बुधबार १६:२५

महोत्तरी, असार २७ । पानी छोएको निहुँमा कुटपिट गर्ने आमाछोरीलाई जिल्ला अदालतले जेल सजाय सुनाएको छ । १५ वैशाखमा बर्दिवास नगरपालिका ४ स्थित सार्वजनिक धारामा पानी थाप्न जाँदा ३६ वर्षीया बुद्धमाया बिश्वकर्मा र उनकी १६ वर्षीया छोरी मनिषामाथि कुटपिट भएको थियो ।

महोत्तरी जिल्ला अदालतले कुटपिटमा संलग्न दुई जनालाई दोषी ठहर गर्दै जेल सजाय सुनाएको हो । न्यायाधीश डण्डपाणि शर्माको एकल इजलासले जातीय भेदभाव तथा कसुरमा दोषी ठहर गर्दै २६ वर्षीया कमला गिरीलाई ६ महिना कैद र १० हजार जरिवाना सुनाएको छ ।

अर्की अभियुक्त नाबालक भएकाले आधा अर्थात ३ महिना कैद सजाय सुनाइएको छ । तर, १६ वर्ष उमेर नपुगेकाले एक वर्षभित्र यस्तै कसुर गरेमा यो समेत गाभेर कार्यान्वयन गर्ने गरी बालबालिका सम्वन्धी ऐनको दफा ५ (२) अनुसार सजाय स्थगनको फैसला भएको श्रेस्तेदार रामानन्द अधिकारीले बताए ।

अदालतले उनलाई सुनाएको ५ हजार जरिवाना अभिभावकबाट उसुल्न आदेश दिएको छ । साथै पीडितलाई पचास हजार -२५/२५ हजार) क्षतिपूर्ति भराउन आदेश पनि दिएको छ ।

  • अनलाइनखबर
प्रतिक्रिया दिनुहोस्

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*