जति बिजि भएपनि २ मिनट समय निकालेर अवश्य पढ्नुहोला यसकारण तपाईको ….

प्रकाशित मिति : २७ असार २०७५, बुधबार २०:३९

म सुतेको थिए, मेरी श्रीमतिले मेरो टाउको मालिस गरीरहेकी थिइन, म बिस्तारै-बिस्तारै निदाए । जागेपछी उनले निधारमा भिक्स लगाइदिइन । मेरो आँखा खुल्नासाथ उनले सोधिन ?

केही आराम मिल्यो कि नाइ ?
मैले मिल्यो भनेर टाउको हल्लाए ।
फेरि उनले सोधिन कि,
खाना खानुहुन्छ ?
मलाई भोक लागेको थियो मैले भने खान्छु ।

“उनले फटाफट रोटी, सब्जी, दाल, अचार, सलाद तुरुन्तै मेरो सामनेमा पस्किइन र आधा पल्टी-पल्टी मेरो मुखमा गाँस हाल्दै खुवाइन, मैले चुपचाप खाना खाएर फेरि ढल्किए । श्रीमतिले मलाई आफ्नै हातले खाना खुवाएर उनी खुशी महसुस गर्दै किचनको काममा गइन ।

म चुपचाप सुतीरहे र सोच्न थाले कि पुरुष पनि कस्तो हुन्छ ? केहिदिन अघि मेरी श्रीमती बिरामी पर्दा मैले केही पनि गरिन । यहाँसम्म कि एक कल फोन गरेर पनि खबर सोधिन । उनले पुरैदिन केही खाएकी थिइन, तर मैले उनलाई ब्रेड पस्किएर आफैलाई गौरवान्वित महशुस गरीरहेको थिए ।

मैले यो देख्ने कोसिस पनि गरिन कि साच्चिकै उनलाई कति ज्वरो थियो । मैले त्यस्तो केही गरिन कि उनलाई लागोस कि बिरामीमा उनी एक्लि छैन । तर मलाई सानो तिनो रुघाखोकी लागेर टाउको दुखिरहेको थियो तर उनी मेरी आमा बनिन ।

म सोचिरहे कि साच्चिकै के भगवानले महिलालाई एउटा अलग्गै दिल दिल्छन ? महिलाहरुमा जुन करुणा र ममता हुन्छ त्यो पुरुषमा किन हुदैन ?

सोच्न थाले, जुनदिन मेरी पत्नीलाई ज्वरो आएको थियो, त्यो मध्यान्नमा जब उनलाई भोक लागेको होला र ओछ्यानबाट उठ्न नसकेकि होली, त्यतिखेर उनले पनि सोचेकी होलिन कि कास मेरो पति आज मसित हुन्थ्यो भने ? मैले जेसुकै सोचु तर मलाई लाग्छ कि हरेक पुरुषलाई एक जन्ममा महिला बनेर यी कुराहरु सम्झिने कोसिस गर्नुपर्दछ कि साच्चै नै कति मुश्किल हुन्छ, महिलालाई महिला बन्नु, आमा हुनु, पत्नी हुनु र बहिनी हुनु ।

फेसबुकमा भेटिएको मनपरे सेयर गर्नुहोला !

प्रतिक्रिया दिनुहोस्

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*