साहित्यकार एवं युवा दार्शनिक दियु पौडेलको मनछुने कथा “मेरी आमा” भाग :- ८ कतै तपाईले पढ्न छुटाउनु त भएन

18

मेरी आमा
भाग:-८
लेखक:- दियु पौडेल

के गर्छौ छोरा छोरी हो ?
तिमीहरुलाई मैले खुशी दिन सकिन आमाले यसो भन्दा म झम्टेर केही दिन अगाडी वेस्सरी अंकमाल गरेर भनेको थिंए होईन ममी हामी खुशी अनी सुखी छौ!
सायद यो आमाले हामीलाई लिएको अन्तिम परिक्षा रहेछ !
हो आमाले रमाउनुपर्छ भन्ने सन्देश पहिल्यै प्रस्ट पार्नु भएको रहेछ !आमा मनभरी पिडा भएर पनि हाम्रो लागी मुस्कुराईरहन्थिन्

मेरो संसारमा अाफ्नो भन्ने कोहि थिएन ,
पालीको खामोमा आमाले लगाउने पोते नॉचिरहेको थियो ..
परपट्टी आमाले वत्ति कात्ने चर्खा हावाको वेगले नचाईरहेको थियो !
सायद आमाले म यहिं छु चिन्ता नगर भनेको हुनुपर्छ ! यही सोंचे !
तर के गर्नु आमाको काखमा नसुतेको अनि आमालाई नथर्काएको पनि धेरै भैसकेको थियो …!
तर आमाको चेहराहरु जताततै छरिन पुग्थे ,म ति देखिएका विम्वहरुलाई पनि सुम्सुमाउँथे ,तर आजकल कोही आएका थिएनन् मेरो झुपडीमा …आफ्ना देखिनेहरु पनि अस्ताए !
आफन्तहरु पनि गोजिको सिक्का जस्तै रहेछन् पैसा र वल हुँदा सवै नजिकिंदा रहेछन् एकचोटी सिक्का खसेपछी पाउन गाह्रो अनि एकचोटी दुखले च्यॉपेपछी आफन्तको मायॉ र जिवनवाट उठ्न गाह्रो हुँदो रहेछ !
सानै थिंए कान्छा दाई कहॉ दिनभरी हलो जोतेर केही अन्न दिन्थे अनि त्यही अन्नले म र वहिनीलाई खान पनि धौ धौ परेको थियो ..त्यो दिन म जोतेर निकै थाकेको थिंए त्यसैले होला सायद
त्यो रात म मस्तले निंदाए ,सदाझैं,
सपनामा मेरी आमा आउनुभयो पहिला जस्तै च्यातिएको लुगा अनि चाउरी परेको गाला थिए…कपालमा गम्छा वेर्नुभएको थियो …उस्तै फुलेका कपाल ,उस्तै हँसिलो चेहरा ,उस्तै फुटेका खुट्टा,उस्तै वोलि अनि उस्तै हेराई. आमालाई देख्न साथ निकै खुशि भएँ नजिकै गएर भने :- कहॉ जानुभएको थियो र हामीलाई छाडेर?
आमा केही वोल्नुभएन !
एक्कासी आमाले हिड् वावु घॉस काट्न भनेर मलाई जंगल लैजानु भयो..मैले आमाको हात समात्दै जंगल गएँ अनि मलाई पनि आमाले सानो घॉसको भारी वनाएर मलाई फेरी हात समात्दै लिएर आउनुभयो,म खुशी थिंए ति हातहरु कति सहयोगी थिए.. कति आत्मियता थिए! घर पुगेपछी
म संग आमाले पिउनको लागी पानी माग्नुभयो !
म सपनामै डराए सम्झेछु मेरी आमाको त मैले काजक्रिया पनि गरिसकेको थिंए !
… …आमा….sssssss
मलाई जिन्दगीको यो खेल अचम्म लाग्यो खेल जो सुकैले जितोस् जिन्दगीमा तर जुन सहि र प्रिय लाग्छ उही मान्छे खोस्ने प्रकृतिको चाहना रहेछ !
सपनामा आमाको चुराहरु पनि धेरै वज्थे अनि आमाको शब्द जस्तै कयौं स्वरहरु मस्तिष्कमा निकै नॉच्दथे !
मेरो ऑशुहरु मेरो ऑखामा सुहाएर हुन सक्छ जिन्दगी ऑशुमय वनेको थियो !

मध्यरात भएको रहेछ ..छिमेकी अन्टी आउनुभयो अनि भन्नुभयो ..वावु के भयो ढोका खोल त?
म डराईरहेको थिंए !
मैले ढोका खोले ,
अन्टी खाटमा वस्नु भयो अनि मलाई पनि वस भन्नुभयो …वावु तँलाई ममीको याद आयो होला हिंड मसंग सुत्लास् ..नियास्रो लाग्यो होला ..त्यो दिन मेरो कोही रहेछ मैले मनमनै अड्कल काटें !
मैले वहिनीलाई पनि लिएर गएँ..अन्टि विचमा हामी दाजु वहिनी छेउमा थियौ…त्यो दिन अामाको रुपमा अन्टिको न्यानो काख पाएको थिंए !
अन्टिको काखमा सुत्दा पनि मेरी आमा
आँखामा आउनुभयो अनि भन्नुभयो
नरोएस् नि अनि वहिनीलाई नरुवाएस् !
खै पानी दे त ?
प्यास लागेको छ !

हस्पिटलको शैयामा आमाले सायद अन्तिम पटक पानी माग्नु भएको थियो होला,१० धारा स्तनपान गराएर हुर्केर पनि म निकम्मा निशुल्क पानी पनि पिलाउन सकिन ,मन धेरै भावविह्वल भएर रुँदै थियो !
एक समय वेलुकीपख मेरी आमाले दिनभरीको लामो थकाई अर्थात काम सकेपछी जव वेलुकीको खाना वनाउनु भयो!
त्यतिखेर मेरी आमाले सुस्केरा गर्दै भन्नुभएको थियो वावु म अव धेरै वॉच्दिन होला ..!
यि वुढी पनि के के वोल्छिन् मेरी वहिनी आमासंग झर्किंदै थिई !
मेरी आमा मनभरी पिडा भएर पनि हाम्रो लागी मुस्कुराईरहन्थिन् ..
…जिवन
समयको खेल न रहेछ ,जिवन तारेभिरको यात्रा न रहेछ वा़टो सॉघुरो छ फेरी पनि होशियार संग हिंड्दा हिंड्दै पनि लडिंदो रहेछ !
आमाले छाडेपछी म दिनहुँ कान्छा दाईकोमा काम गर्थें ,
मेरो कोमल हातहरु आमाको जस्तै पट्पटी फुटिसकेको थियो …!
ठुला-वडा भन्नेहरुले मलाई निकै थर्काउँथे ..सायद म आमाविनाको टुहुरो भएर हुन सक्छ निकै सोंच्थे अनि एकान्तमा गएर वेस्सरी रुन्थें !
मेरो जिन्दगी आमाविना टुहुरो छ थाहा छ फेरी पनि भन्थें अध्यॉरो छ भनेर कहिल्यै नहेप किनकी जुनतारा अध्यारोमानै राम्रो देखिने हुन् ,कयौ पटक ठुला-वडाहरुलाई मैले यही भन्दै उनिहरुको जवाफको प्रतिवाद गर्थे ,
आमाले अन्तिम विदामा नवोलिकनै मलाई नयॉ ज्ञान दिनुभएको थियो..
खुशि हुनको लागी ओंठ र मनले साथ दिनुपर्छ रुनको लागी त आँशु जति वेला पनि आउँछ सायद यो जिन्दगी यसरीनै विताउनुपर्दो रहेछ!
मेरी आमाले
विहान प्यारले उठाउनु हुन्थ्यो वेलुका काहानी सुनाएर सुताउनुहुन्थ्यो मेरी आमा सॉच्चै माहान हुनुहुन्थ्यो !
जिवनमा
मर्नको लागी धेरै वाटोहरु छन् तर जन्मनको लागी सिर्फ आमा चाहिन्छ !
सॉझपख मेरी आमाको आवाजहरु जताततै गुजिन्थे .
मलाई कतिले वावु ,आमा टोकुवा भने
जिन्दगी यस्तै रहेछ सानोमा रुमाल लुकाई खेलिन्थ्यो तर अहिले उमेरै नपुगी ठुलो भएछु दुख लुकाई खेल्नुपर्दोरहेछ !
मेरी आमाले अन्तिम विदामा पनि मेरो न्यानो मायॉ नपाएपनी यो कम्मलको न्यानो स्पर्श पाओस् भन्ने हेक्का रहेछ..
त्यसैले आमा नहुनुको पिडा पर्नेलाई मात्र थाहा हुन्छ…
आफु जलेर प्रकाश दिने मैनवत्ति र आफु भोकै वसेर सन्तानलाई खुवाउने आमा प्रकृतिको अनौठो नमुना र ईश्नरीय शक्ति हुन् !
आमालाई हमेशा मायॉ गरौं !

क्रमश:-
नोट:- अर्को भागमा ऊ धन कमाउन विदेश जान्छ….अनि के हुन्छ ,अर्को भागलाई प्रतिक्षा गर्नुहोला !

कथा कस्तो लाग्यो प्रतिक्रिया दिन नभुल्नु होला !

मन परेमा #शेयर गरि आफ्नो वालमा सुरक्षित राख्नुहोस् !

प्रतिक्रिया दिनुहोस्
You might also like