बझाङमा स्कुलबाट घर फर्किदा काठे पुल भत्त्केर बेपत्ता भएकी २ बालीकाको शव फेला

प्रकाशित मिति : ३० असार २०७५, शनिबार १२:०२

डीबी विष्ट/सुदुरखबर
असार, ३०-बझाङ । शुक्रबार स्कुल बाट घर फर्कने क्रममा बाउली खोलामा रहेको काठे पुल भत्तकदा बेपात्ता भएकी दुबै बालकिाको सब फेला परेको छ । सुर्मा गाँउपालिका २ की ८ बर्षिया रिनु बोहरा र सोही ठाउकै १४ बर्षिया विमला बोहराको सब फेला परेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।  आधाबगर माविका अध्यानरत बालीका शुक्रबार स्कुलको छुट्टी भएर घर जाने क्रममा बाउलिखोलको डोगडीमा रहेको काठेपुल भत्तीकएर बेपत्ता हुनु भएको थियो ।          

बेपत्ता रिनु बोहराको सब शुक्रबार राती फेला परेको थियो । विमलाको सब शनिबार विहान फेला परेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । दुबै बालीकाको सब बेपत्ता भएको ठाँउ बाट झण्डै ४ किलो मिटर तल भेटिएको छ । दुबै जना बालकिाको सब पोष्टमामका लागी जिल्ला अस्पताल ल्याउने काम भै रहेको प्रहरीको भनाई छ ।  यसते गत वर्ष समेत एक जना पुरषको सेलखेतमा बाउली खोलामा बगेर मृत्यु भएको थियो । सुर्मा गाँउपालिकाका अध्यक्ष नर बहादुर बोहराका अनुसार विगतका बर्ष देखी हाल सम्म झण्डै २९ जना भन्दा बढीको ज्यान यस खोलामा बगेर मृत्यु भएको छ । अब गाँउपालिकाले यसका लागी सवारीका साधन चल्ने पुल निर्माणका लागी पहल गरेको र काम सुरु भै सकेको गाँउपालिकाका अध्यक्ष बोहराको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*